मैले अम्बिर बाबू गुरुको नाम २०७४ साल को निर्वाचनको मिति घोषणा भए पश्चात ओखलढुंगा बाट उम्मेद्बार हरुको नाम आउने क्रममा सुनेको हुँ। २०७४ साल को निर्वाचनमा प्रदेश ‘क ‘ बाट बाम गठबन्धनको तर्फबाट जित हासिल गरे ।लगतै वहाँ बाम गठबन्धनको सरकार गठन भए सङ्गै प्रदेश १ मा माननीय शेरधन राई को मुख्यमन्त्रीको नेतृत्व को प्रदेश सरकारमा अम्बिर बाबू गुरुङ पनि राज्यमन्त्री हुने सौभाग्य जुरेको थियो । ओखलढुंगा यबासी धेरै जनताहरुका अनुसार अम्बिर बाबू गुरुङ राज्यमन्त्री मात्र हुदा ओखलढुंगा मा धेरै विकास भएको महसुस गरियो ।यदि मन्त्री नै हुने मौका मिलेको भए र काम गर्ने समय अझै मिलेको भए यो भन्दा राम्रो कामको आशा गरिएको कुरा ओखलढुंगाका धेरै जन्ताको आवाज मा सुन्न सकिन्छ।
२०७७ सालको दसैमाम खाडिबाट छुट्टी मनाउन २ महिनाको लागि नेपाल जानेक्रममा मैले ओखलढुंगाको सबै ठाउँ घुम्ने समय मिलाउन नसके पनि छोटो घुमघाम रुम्जाटार र सानिटारमा भएको थियो । सानिटार बासिको मुखमा अम्बिर बाबू कै नाम गुन्जिएको सुनियो । मैले केहि बर्ष पहिला देखेको रुम्जाटार र सानिटारमा धेरै फरक पाए ।विकासको काममा आराश पातलको फरक पाए ।लगतै मैले सुनेको अम्बिर र वहाको काम गरेको ठाउँ को घुमघाम बाट बिश्वालको जावो लाग्यो ।
यदि प्रदेश सभा सदस्य ‘ क ‘ मा एमालेका उम्मेरद्वार अम्बिर गुरुङलाई फेरि एक पटक मौका दिने हो भने विकासका काम हामिले चाहे अनुसार हुने रहेछ भन्ने सोच का साथ अब आउने निर्वाचन मा फेरि एक पटक अम्बिरले नै जिते हुन्थ्यो भन्ने लागेर मैले अम्बिर बाबू गुरुङ को समर्थन गरेको हुँ।
वहाले बिकास नै बिकास गर्नु हुन्छ भन्ने पनि होइन,यदि मौका मिलेमा गर्नु हुने रहेछ भन्ने बिस्वास मात्र हो । किन कि तत्कालिन ५ बर्षिय कार्यकालमा मेरो वडा सिद्दिचरण वडा नम्बर ८ मा केही पनि काम भएको छैन नै छ भन्दा फरक पर्दैन ।तर ,यहाँ दोषि वा बिकास नहुनुको पछाडी कस्को दोष छ? संघिय संसद,प्रदेश संसद वा मन्त्री अम्बिर गुरुङ अथवा वडा नम्बर ८ का तत्कालिन वडा अध्यक्ष ? तर ,मेरो यति बिस्वास छ पहिलो पटकको कार्यकालमा रुम्जाटार,सानिटार लगायत का विभिन्न वडालाइ प्राथमिकतामा राखेर बिकास गरे झै अब आउने कार्यकालमा हाम्रो वडा सहित जिल्लाको सबै पलिका र वडा लाई बराबर प्राथमिकतामा राखेर अबस्य पनि काम गर्नु हुने छ । आशा र भरोषाको साथ एक पटक अम्बिर गुरुङ लाई जिताउन साथ दिउँ भन्ने मेरो सोच हो,अम्बिर बाबू गुरुङ भन्दा राम्रो काम गरेको नयॅा मुहार आउँछ र गर्छ भने खुलेर समर्थन गर्न तयार छु म पनि।
ओखलढुंगा सिनपा -८
हाल- दोहा कतार