धरानस्थित दन्तकालीमा धुमधामका साथ भित्र्याइयाे फूलपाती

धरान / नेपालकै चार पीठमध्ये धरानको दन्तकाली पीठमा विधिवत रुपमा फूलपाति भित्र्याइएको छ । धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरबाट सेनाको मार्चपाससहित वेण्डबाजाकोे टोलीले दन्तकाली मन्दिरका पूजारी, सर्वसाधारणको उल्लेख्य उपस्थितिमा ९ पत्र अर्थात नौवटा जडिबटी मिश्रित फूलपाति दन्तकालीमा भित्र्याएको हो ।

नौ पत्र अर्थात अशोक, दारिम, धान्य, बेल, केचु, माने, हरिद्रार (बेसार), जयन्ति, कोलालाई विधिवत पूजा अजना गरी दन्तकालीमा भित्र्याएपछि दशै शुरुवात भएको मान्यता छ । विहानै दन्तकालीका पूजारी नुहाई दुहाई गरेर यी नौ बस्तु खोज्न गएका थिए । दन्तकालीका पूजारीले नौ पत्र डोलीमा बोकेर ल्याएका थिए । नौ पत्र खोज्ने पूजारीहरुले फूलपाति नभित्र्याउन्जेल कसैलाई छुन र बोल्न नमिल्ने मान्यता रही आएको छ ।

पिण्डेश्वर मन्दिरबाट दन्तकालीसम्म पुजारीहरुले शंकध्वनीसहित ढोल, दमहा बजाएर हर्षोल्लासका साथ फूलपाति भित्र्याएका थिए । सो अवसरमा याङसिला ब्यारेग कालि शक्ति गणका क्यापटेन प्रमुख सुवेदार बद्रि बहादुर थापा सहित ६० जना नेपालि  सेनाले फूलपाति भित्र्याउने क्रममा सलामी अर्पण समेत गरेका थिए । विगतमा पनि सेना र शशस्त्र प्रहरीको उपस्थितिमा फुलपाति भित्र्याए पनि यस पटक भने सेनाको उल्लेख्य उपस्थितिका कारण विगतको भन्दा अझ बढी रौनक थपिएको थियो ।

धरान उपमहानगरपालिका वडा नं. १४ काे संयोजनमा भएको फुलपातीमा सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको उल्लेख्य उपस्थिति रहेको थियो । स्थानीय सरकार आएपछि धरानमा सेना, प्रहरीको मार्चपार्ससहत फूलपाति भित्र्याउने शुरुवात गरिएको हो । यस भन्दा अगाडि मन्दिरका पूजारीहरुले मात्र फूलपाति भित्र्याउन प्रचलन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित

आजको राशिफल : वि.सं. २०८० मङ्सिर १५ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० मङ्सिर १५ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृप…

आजकाे राशिफल, वि.सं. २०८० साल मङ्सिर १४  गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

आजकाे राशिफल, वि.सं. २०८० साल मङ्सिर १४ गते बिहीवार || बिहीवार श्री कृष्णक…

आजको राशिफल : वि.सं. २०८० मङ्सिर १३ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० मङ्सिर १३ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपा…

आजको राशिफल : वि.सं. २०८० मङ्सिर  १२ गते मङ्गलवार || श्री गणेशकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० मङ्सिर १२ गते मङ्गलवार || श्री गणेशकाे प्रिय दिन,…

आजको राशिफल : वि.सं. २०८० मङ्सिर ११ गते सोमवार || श्री भाेलेनाथकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० मङ्सिर ११ गते सोमवार || श्री भाेलेनाथकाे कृपाले …

आजको राशिफल ~ वि.सं. २०८० मङ्सिर १० गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० मङ्सिर १० गते आइतवार : श्री पाथिभरा देवीकाे कृपा…

आजको राशिफल : वि.सं. २०८० मङ्सिर ९ गते शनिवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० मङ्सिर ९ गते शनिवार: श्री पाथिभरा देवीकाे कृपाले…

आजको राशिफल : वि.सं. २०८० मङ्सिर ८ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० मङ्सिर ८ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपा…