यसरी भएकाे थियाे ताप्लेजुङ पाथीभरा देविकाे उत्पति (४७ तस्विरहरू सहित )

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थलकाे रूपमा मानिन्छ । पूर्वाञ्चलमा भने पर्यटकहरूकाेलागि पहिलाे गन्तब्य बनिने गरेकाे छ । चारैतिर हराभरा र उकाली अाेराली बिच पहाड तथा हिमाली भेगकाे फेदमा लेक लाग्ने ठाउमा पर्दछ पाथिभरा देवि मन्दिर । याे मन्दि यात्रा गर्न जाे काेहिका लागि त्यती सहज छैन । यात्रा कठिन भएकै कारण धेरै मानिसले यो मनाेरम पर्यटकिय स्थलकाे अवलोकन गर्न पाएका छैनन् । यातायातको सुविधा नहुँदा पहाड चढ्न कठीन भएकाले पाथीभरा दर्शन अझै पनि सहज सकेकाे छैन ।
परापूर्वकालमा त्यहाका गाेठालाहरूले पाथिभरा मन्दिर परिषरमा अाफ्नाे भेडिगाेठ बनाउने गर्थे एक दिन अचानक रातकाे समयमा राखेका भेडाहरू हेर्दा हेर्दै अलप भएकाे र प्रत्यक्ष देवीले दर्शन दिनु भई आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलीसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो । देविले दिएकाे निर्देशन अनुसार बलियाे भेडालार्इ बलि दिनासाथ हेर्दाहेर्दै बिलाएका अथहा भेडाहरू जस्ताकाे तस्तै त्यहि ठाउमा देखिएपछि देविकाे साच्चै उत्पती रहेकाे किमदन्ती रहदै अाएकाे छ ।
त्यो भन्दा आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलीस्थलमा झर्नासाथ बालुवामा पानी हराएझैं हराउन पुग्यो । यो देखेर आश्चर्य मान्दै गोठालाहरुले देवीको जय जयकार गरेको किम्वदन्तीमा पाइन्छ । साेहि किम्वदन्ति अनुसार अहिले पनि देविकै नाममा सयाैकाे संख्यामा भेडाहरूकाे बलि दिने चलन रहेकाे छ ।
पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका र पाठीको बली चढाइन्छ । तर, बलीस्थलमै रगत हराएको, सीमित रहेको जोकोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन् । किम्वदन्तीलार्इ नमानी शंकाकाे घेरामा राख्ने हाे भने देवीकाे नाममा चढाइएको बलि संख्यालाई दृष्टिगत गर्दा त्यहाँ रगतको पोखरी जम्नुपथ्र्यो तर त्यसो देखिदैन ।
यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरुले चढाएको बली स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहीआएको छ । पाथीभरा देवीका लागि पशु बली अनिवार्य नभए पनि बली चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरु देवीलाई फलफूल तथा मिठाइको भोग चढाउँछन् ।
पाथीभरा देवीलाई अटल सौभाग्यकी प्रतीकका रुपमा मानिन्छ । त्यसैले सबै किसिमका भक्तजनहरुले देवीलाई सौन्दर्य प्रशाधनका सामाग्री जस्तै सिन्दुर, टीका, गाजल, काँइयो, आदि अनिवार्य रुपमा चढाउने गर्दछन् । त्यस्तै पाथीभरा देवीको दर्शनका लागि साउन महिना बाहेक सबै महिना उपयुक्त मानिन्छ ।
लक्ष्मीपूजामा झलमल्ल इटहरी ( २० तस्वीरहरु)

धरान स्थित दन्तकाली मन्दिरमा हर्षोल्लासका साथ भित्र्याइयाे फूलपाती (तस्विरहरू)
_l1b8HhGaoZ_hc7rahumay2xht4djlwphnl4qfd6beatof3pvs5xtpevjeq4zutjmztu6svn_UOaG2yePLI_woahpbxx5dccb5l9x3w4zl4jedmrkl7th7wvoilsq2sxpobwtsjz3ww7akgx.jpg)
यसरी गरियो भक्तपुरमा पूर्वराजालाई भव्य स्वागत (तस्विरहरू)

प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाथिस्थलमा पुष्प अर्पण

इटहरीमा पूर्व राजा ज्ञानेन्द्र क्रेज , घन्कियो राजा आऊ देश बचाउकाे नारा (१५ त…

टुडिखेलमा घोडेजात्राको रौनक (फोटोफिचर)

इटहरीमा हर्षाेउल्लासका साथ मनाइयो होली (फोटो फिचर)

प्रतिक्रिया