बिराटनगरमा उपचारका ल्याईएका दुई कैदी फरार

विराटनगर /मोरङमा उपचारको क्रममा रहेका दुई कैदी फरार भएका छन्। शनिबार बिहान क्षयरोग निवारण संस्था विराटनगरमा उपचाररत दुई कैदी राजकुमार हेमरम र बन्दी मञ्जिल गुरुङ फरार भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार झापा जिल्‍ला कारागारका उनीहरूमा क्षयरोग देखिएपछि विराटनगर ल्याइएको थियो।क्षयरोग लागेपछि हेमरम गत असार १३ गते र गुरुङलाई भदौ ७ गते झापाबाट विराटनगर अस्पताल लगिएको थियो। दुवैको खोजी भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित