पूर्वाञ्चल  इन्जिनियरिङ क्याम्पस धरानका पूर्व प्राध्यापक एमाले परित्याग गरी राप्रपामा प्रवेश 

धरान : पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरान पूर्व प्राध्यापक उद्धव श्रेष्ठ  राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्। धरानका पुराना बामपन्थी एवं नेकपा एमाले को साधारण सदस्य र संगठित सदस्य परित्याग गरी  श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन्।श्रेष्ठलाई राप्रपा पार्टी   सदस्यता दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय  अध्यक्ष राजेन्द्र लिङदेनले उनलाई पार्टीमा स्वागत  सम्मान गरेका हुन्।

  २०४९ सालदेखि ३० वर्ष सम्म   राजनीतिमा योगदान दिइरहेको छु तर, एमालेले एउटा जिल्ला सदस्यमा पनि विश्वास नगरेकाले एमाले पार्टी देखि विरक्त लागेर राप्रपामा प्रवेश गरेको हु। श्रेष्ठले भने। सुनसरी प्रदेश नं क  बाट राप्रपाको तर्फबाट संसदमा उम्मेदवारी समेत दिएको बताउँदै उनले भने, ‘अन्य पार्टी भन्दा राप्रपा विश्वासिलो र टिकाउ हुने निधो लगभग भएकाले  स्वतन्त्र भएर बस्नु भन्दा राप्रपामा नै लाग्नु उचित ठानी पार्टी प्रवेश गरे। आउने दिनमा एक शिक्षक र राजनीतिज्ञ भएकाले समाजलाई हित हुने काममा विशेष ध्यान दिएर अगाडि बढ्छु ।’

तपाईको प्रतिक्रिया