उपराष्ट्रपतिले जर्मनीका राजदूतलाई भने– नेपालको मौलिकतामा संक्रमणकालीन न्यायको काम सम्पन्न हुन्छ

काठमाडौं / उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले शिष्टाचार भेट गरेका छन् । बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ ।
भेटमा उपराष्ट्रपतिले नेपाल र जर्मनीबीचको ६ दशकभन्दा लामो औपचारिक सम्बन्ध प्रगाढ र सहयोगात्मक रहेको बताए । उनले जर्मनी नेपालको प्रमुख विकास साझेदार मुलुक भएको बताउदै नेपाललाई गर्दै आएको सहयोगका लागि जर्मन सरकारलाई धन्यवाद दिए ।
भेटमा उपराष्ट्रपतिले नेपालले संक्रमणकालीन न्यायका कामलाई चाँडो सम्पन्न गर्ने कोशिस गरिरहेको समेत बताए । उनले विभिन्न मुलुकको अनुभव लिँदै नेपालको मौलिकतामा संक्रमणकालीन न्यायको काम सम्पन्न हुने जनाए ।
उपराष्ट्रपतिले नेपालको प्राथमिकता लोकतन्त्रलाई अझै सुदृढ् गर्ने र देशलाई समृद्ध बनाउने रहेको बताए । उनले लोकतन्त्रको सुदृढ्को महत्वपूर्ण पक्षको रुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको र आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेको जानकारी दिएका थिए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जर्मन सरकारबाट सहयोग रहने अपेक्षा पनि उनले व्यक्त गरे ।
उपराष्ट्रपतिसँगको भेटमा नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले नेपाल जर्मनको नजिकको मित्र भएको जनाउँदै अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले जर्मनीलाई गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।
भेटमा राजदूत प्रिन्जले नेपालको मौलिकतामा संक्रमणकालीन न्यायका काम छिटो सम्पन्न गर्न आग्रह समेत गरेका थिए । उनले आगामी निर्वाचनपछि नेपालको संक्रमणकालीन न्यायको काम सम्पन्न हुने विश्वास समेत व्यक्त गरे ।

१५ असोजबाट पूर्णरुपमा अनलाइनबाट कम्पनी दर्ता गर्ने व्यवस्था लागु हुँदै
‘एभरेष्ट हाइपर मार्केट’ का ग्राहकलाई पेट्रोल फ्रि

साँघु साप्ताहिकले आज देखी टेलिभिजन सञ्चालन गर्ने

शनिले तोड्यो बृहस्पतिको रेकर्ड


उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा–मुम्बई रेल उदघाटन स्थगित

सय दिनमा पाथीभराको आम्दानी ६६ लाखभन्दा बढी

प्रतिक्रिया