अन्तराष्ट्रिय बुद्धिचाल प्रतियाेगिता सुरू : नेपाल सहित भारत र बङ्गलादेशका १ सय २० खेलाडिहरूले भाग लिने

सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचामा विराट खुल्ला अन्तराष्ट्रिय बुद्धिचाल प्रतियाेगिता सुरू भएकाे छ । विराट चेस क्लव सुन्दरहरैँचाकाे आयाेजनामा पानस पार्टी प्यालेसमा प्रतियाेगिता शुरू भएकाे हाे । खेलमा नेपाल सहित भारत र बङ्गलादेशका १ सय २० खेलाडिहरूले भाग लिने छन् । प्रतियाेगितामा ४ लाख ६० हजार राशी पुरस्कार रहेकाे साथै अन्तराष्टिय स्तरकाे प्रतियाेगिता पूर्वमा पहिलाे पटक आयाेजना गरिएको हाे।

सुन्दरहरै‌ँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईले खेलकाे उदघाटन गरेका थिए । उनले यस क्षेत्रकाे विकास ,पर्यटन प्रबर्धनमा टेवा पुग्ने उल्लेख गर्दै कमै मात्रामा हुने याे प्रकारकाे खेलमा बालबालिकालाई समेत सहभागि गराउनसके उनीहरूकाे बाैद्विक विकास हुने बताए । प्रतियाेगिता सुइस लिग अन्तर्गत नाै राउण्डमा हुने साथै नेपालकाे चेस खेलकाे विकास र खेलाडि उत्पादनमा समेत सहयाेग पुग्ने आयाेजकले बताएको छ ।

प्रतियाेगितामा प्रथम हुने खेलाडिलाई रू १ लाख नगद सहित ट्रफि प्रदान गरिने छ । यस्तै दाेस्राे हुनेले ७० हजार तेस्राे हुनेले ५० हजार तथा चाैथाे हुनेले ३० हजार सहित ट्रफि हात पार्ने उल्लेख गरिएको छ । खेल अवधि भरि बिभिन्न विधामा २० जनालाई पुरस्कार प्रदान गरिने साथै त्याे राशि ५ हजार भन्दा माथि राखिएकाे खेल संयाेजक लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिए । खेल आगामी ८ गते सम्म सञ्चालन हुने छ । उदघाटन कार्यक्रमकाे सभापतित्व क्लबका अध्यक्ष देबेन्द्र काफ्लेले गरेका थिए ।

तपाईको प्रतिक्रिया