‘गोटी’ किन्न र दसैँमा ‘नयाँ लुगा’ किन्न सुनको सिक्री लुटी वृद्धा आमाको हत्या गरे : निखिल

धरान / धरान १८ वर्षका निखिल उपनामले चिनिने नकुल राईले १५ दिन देखि प्यान ( योजना ) बनाई धरान -२० विष्णुपादुकास्थित तोड्केकी ६४ बर्सिया पूर्णसरी राईको हत्या गरेका छन्। हत्या गरेको आरोपमा प्रहरीले धनकुटाको साँघुरीगढी गाउँपालिका ८ का १८ वर्षीय निखिललाई मङ्गलवार जिल्ला प्रहरी कार्यालय सुनसरीको परिसरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । सुनसरी प्रहरी प्रमुख (एसपी) प्रभुप्रसाद ढकालका अनुसार गत भदौ २८ गते दिउँसो ३ बजेतिर राईले धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरे पछि वृद्धाको गरगहना लुटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी ढकालले जानकारी दिए ।
सुन माग्दा प्रतिकार भयो अनि रिस उठेर मारी दिए : हत्यारा निखिल
निखिलले प्रहरीलाई सबै कुरा भनेर अनुसन्धानमा सहयोग गरेको प्रहरीको भनाई छ । लुटेर भारत जान लागेका निखिललाई प्रहरीले विराटनगर -१५ स्थित रानी क्षेत्रबाट असोज २ गते आइतबार पक्राउ गरिएको जानकारी दिए । प्रहरीका अनुसार अनुसन्धानका क्रममा राईले खुकुरी प्रहारबाट महिलाको हत्या गरेको स्वीकार गरेका छन् । हत्यारा निखिलले प्रहरीलाई बयान दिँदा भने ‘मलाई गोटी खाने बानी छ पैसा पनि चाहिएको थियो । दसैँमा मलाई कसैले लुगा पनि किन्दिएनन्। लुगा नयाँ लगाउनु मन थियो,त्यसैले मैले सिक्री चोरेर सपना पुरा गर्ने निधो गरे । ’
‘’गाउँमा कुखुराहरू पनि चोरी सकेको थियो ।सुरुमा गएर कुखुराको बिक्रीबारे कुरा गरे त्यसपछि नबेच्ने दसैमा चाहिन्छ भनेर हजुरआमाले भन्नु भयो । मैले घाँटीमा लगाएका सिक्री बारम्बार मागे । नदिए पछि मैले सिक्री तानेर लाग्नु खोजेको मोटो रहेछ चुँडिएन ।अनि रिस उठ्यो पछाडि बोकेको खुकुरीले दुई पटक हाने मरेजस्तो लागो अनि म सिक्री फुकालेर टाप कसे। त्यसपछि मलाई अत्यधिक डर लागो प्रहरीले थाहा पाउँछ भनेर खुकुरी पकुवा खोलामा लगेर गाडे ’‘ निखिलले भने ।

एसपी ढकालले भने, ‘खुकुरी प्रहारबाट हत्या भएपछि धरानकै पकुवा खोलाको जंगलमा खुकुरी फालेर वराहक्षेत्र नगरपालिका ४ बाट साइकल चोरेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ मृतक पूर्णसरीले लगाएको सुनको गहना ७.२७० ग्रामको रहेको छ । आरोपित किशोरले वराहक्षेत्र ४ बाट साइकल चोरेर भोक्राहा–नरसिंह गाउँपालिकामा पुगेको बताइएको छ । भोक्राहाका २० वर्षीय रञ्जित कुमार साहलाई लुटपाट गरिएको सुनको गहना राख्न दिएको र उनी भारततर्फ लागेको अनुसन्धानबाट खुलेको छ ।
निखिलले भागेर गहना भोक्राहाका २० बर्सिया रञ्जित कुमार शाहकोमा राखेकाले निखिलको शाह साग पुरानो चिनजान भएको प्रहरीको अनुमान छ । शाह निखिल भन्दा ठुलो भएकाले निखिललाई शाहले हत्या गर्नु अभिप्रेरित गरेको हुनु सक्ने पनि प्रहरीले अनुमान गरेकाे छ । राखेको र हत्यामा सहयोग गरेकाले शाहलाई पनि प्रहरीले असोज ३ गते सोमबार गहनासहित पक्राउ गरेको छ ।पक्राउ परेका दुवै जनालाई मङ्गलवार जिल्ला अदालत सुनसरीबाट राईलाई सात दिन र साहलाई चार दिनको म्याद थप गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
हत्या गर्नु अघि २ वटा गोटी खाए : निखिल
हत्या गर्ने दिन पनि लागू औषधका २ वटा गोटी सेवन गरेको हत्यारा निखिलले प्रहरीलाई अनुसन्धानमा बताएका छन्। हत्या गर्ने आट नआएकाले गोटी खाएको हत्याराको भनाई छ । आफू संगतका कारण बिग्रेको र पढाई नभएकाले खाएको सुरमा नराम्रो सोच आउने बताएको निखिल बताउँछन्।
एसपी ढकालले भने, ‘एक हप्ता अगाडिदेखि नै हत्या गर्ने योजना बनाएपनि त्यस दिन चैँ प्रहार नै गरेको पाइयो ।’ उनका अनुसार लागू औषध सेवनकै लागि लुटपाट गरेको र त्यो घटनाले ज्यानै लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

पक्राउ परेका निखिलको आमा बुबा नभएको आफन्तकोमा बस्दै आएको र गाउँ घरमा पनि सानै देखि कुखुरा चोर्ने र साना तिना गरगहना चोरी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । सानै उमेरदेखि बाबुआमा बिना नै धरानमा बस्ने गरेको र लागू औषध सेवन गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको थियो । प्रहरीलाई घटनाबारे भदौ २९ गतेमात्रै जानकारी भएको थियो ।
‘हामीलाई घटनाबारे एक दिनपछि मात्रै जानकारी आएकाले घटनाको दोषी पत्ता लगाउन चुनौती थियो,’ एसपी ढकालले पत्रकार सम्मेलनमा भने, ‘घटनामा संलग्नको खोजी गर्ने क्रममा १ नम्बर प्रदेश प्रहरीको अनुसन्धान समूह र तालिम प्राप्त कुकुर अनुसन्धानमा खटिएको थियो ।’

१५ असोजबाट पूर्णरुपमा अनलाइनबाट कम्पनी दर्ता गर्ने व्यवस्था लागु हुँदै
‘एभरेष्ट हाइपर मार्केट’ का ग्राहकलाई पेट्रोल फ्रि

साँघु साप्ताहिकले आज देखी टेलिभिजन सञ्चालन गर्ने

शनिले तोड्यो बृहस्पतिको रेकर्ड


उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा–मुम्बई रेल उदघाटन स्थगित

सय दिनमा पाथीभराको आम्दानी ६६ लाखभन्दा बढी

प्रतिक्रिया