धरान कर्मचारी कुटपिट कान्ड: एकतर्फी कुरा सुनेर मेयरले गलत निर्णय गरेको वडाध्यक्ष विवेकको आरोप

धरान : धरानको फोहोर सङ्कलन गर्ने कर्मचारीसँग सोमबार बिहान भएको कुटपिटको विषयमा मेयर हर्क साम्पाङले गरेको निर्णयमा धरान–१० वडाध्यक्ष विवेक राईले आपत्ति जनाएका छन् ।

वडाध्यक्ष राईले ५० वर्षका राजेश थापा मगरलाई अपशब्द बोलेर हातपात गरी कुटपिट समेत गरेको आरोपमा मेयर हर्क साम्पाङको कार्यकक्षमा प्रमुख प्रशासकीय अधिकृत , कर्मचारी एसोसियनका अध्यक्ष किशोर अधिकारी सहित ४० भन्दा बढी सरसफाइ कर्मचारीको उपस्थितमा बसेको बैठकले वडाध्यक्षलाई प्रशासनिक कारर्बाहि गर्ने र माफी नमागे सम्म धरान १० को फोहोर नउठाउन मेयरले कर्मचारीलाई निर्देशन दिएका थियो ।

मेयरले गरेको सो निर्णयमा

अध्यक्ष राईले सोमबार साँझ गरेको पत्रकार सम्मेलनमा सफाइका चालक राजेश थापा मगरलाई हातपात नगरेको प्रस्ट पारे । साथै मेयरको निर्णयमा अध्यक्ष राईले आपत्ति पनि जनाए। उनले सम्मेलनमा भने ‘ एकतिरको कुरा सुनेर मेयर जस्तो मान्छेले यस्तो कुरा गर्नु मिल्छ ? म बाहिर थिए भन्दा भन्दै नपर्खी १० को फोहोर नउठाउने र बाटो नबोलाउने प्रशासनिक प्रक्रियामा जाने भनिएको रहेछ। हाम्रो १० नं वडा चैँ धरान हैन र ?

नगर प्रमुख हर्कराज राईले दिएको अभिव्यक्ति समेत गैर जिम्मेवार रहेको र त्यसलाई सच्याउन म नगर प्रमुखलाई पनि अनुरोध गर्दछु’ पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्तिमा लेखेका छन्, ‘गलत काम गर्ने जो कोहीलाई कानुन बमोजिमको कारबाही हुनुपर्छ र सबैले विधिको शासन मान्नुपर्छ भन्ने मेरो मान्यता हो ।’

भिडियो किन खिच्नु भयो ?भनी पत्रकार सम्मेलनमा प्रश्न गर्दा उनले भने भिडियो स्थानीयले बनाएको जवाफ दिए । यस्तै उनले भिडियोमा सरसफाईकर्मिलाई ‘त ‘ भनेका छन् भने उनले रिसमा सो शब्द आएको बताए। हातपात नगरेको सरसफाईकर्मी समूहले नियोजित रूपमा फसाएको उनले बताए। मापसे गर्दा उपमहानगर वा प्रहरीलाई खबर गर्ने कि आफै खटिने भनी अध्यक्ष राईलाई प्रश्न गर्दा उनले सो कुरा दिमागमा नआएको बताए।

थपे, ‘म गाडीको मुनी छु, चालक माथि छ कसरी कुटपिट गरेँ । यो भिडियो मैले खिचेको पनि होइन । तपाईँहरू आफै हेर्नुहोस् र मूल्याङ्कन गर्नुहोस् ।’

सफाइ चालक थापा मगरले बिहानै मादक पदार्थ सेवन गरेको र गाडी

तीव्र गतिमा कुदाएको भनेर स्थानीयले फोन गरेकाले आफू त्यहाँ पुगेको वडाध्यक्ष राईको भनाई छ । संविधान दिवसको अवसरमा हामी कार्यक्रममा व्यस्त भयौ यताबाट कर्मचारी कुटेको दुखद कुरा आयो। छुट्टीको दिन पनि ५ जना कर्मचारी धरान ८ को रुट हुँदै फोहोर उठाउँदै गएकोमा सरसफाइ गाडिका चालक थापालाई वडाध्यक्षले कुटपिट गरेको मेयर हर्क साम्पाङले पूर्वेली न्युजलाई जानकारी दिए।

नमस्कार वडाध्यक्ष भन्दा सिधै हात तानेर घिसारेर लगेर एक झापड हानेर यहाँको फोहोर किन नउठाएको के जागिर खानु मन छैन भन्दै मुख छाडेको पीडित कर्मचारी राजेशको भनाई छ ।

कर्मचारी एसोसिएसन धरानका अध्यक्ष किशोर अधिकारीले सो विषयमा आपत्ति जनाउ उनले जनप्रतिनिधिले कर्मचारीले कुटपिट गर्नु राम्रो नभएको बताए ।

कर्मचारी मेरा छोराछोरी हुन कुटपिट गर्न पाइँदैन

मेयर हर्कले भने नगर हत्केला हो भने वडा औैंला हो हामी दुबै एक अर्काका परिपूरक हौ जुन उहाँले पटक पटक धम्क्याउने कुटपिट गरेकाले हामी यसमा खेद गर्छाै अब हामी कानुनी प्रक्रियामा जान्छौ यो पटक पटक रिसिबी साध्नु राम्रो हैन म सँग रिस हो भने आज हुन्छ तर, मेरा लागि उपमहानगरका सबै कर्मचारी मेराे छोराछोरी यसरी कुट्नु पाइँदैन् ।

रुट आज यहाँ नपरेको र भोलि आएर उठाइदिन्छु भन्दा पनि केरे भन्दै कराएको यसअघि पनि सोही वडाका सदस्यहरूले पनि व्यक्तिगत रूपमा फोन गरेर म तेरो अनुहार हेर्नु चाहन्छु भन्दै थर्काएको पीडितले गुनासो गरे।

प्रतिक्रिया

सम्बन्धित