सलकपुर साकाेसकाे दोश्रो वार्षिक साधारणसभा सम्पन्न

नेपाललाई उपाधी दिलाउन सफल अन्तर्राष्ट्रिय खेलाडी दिपा विश्टलाई सम्मान

सुन्दरहरैँचा /रङकाे सुन्दरहरैँचा स्थित सलकपुर बचत तथा ऋण सहकारी संस्थाकाे दोश्रो वार्षिक साधारणसभा दुर्गादेवी दुलाल स्पाेट ग्राममा सम्पन्न भएको छ । सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यमा साधारण सभा भएको थियाे । र्यक्रममा नगर प्रमुख गुरागाईंले सहकारीले संस्थागत विकास र शेयर सदस्यहरूको आर्थिक समृद्धिमा पुर्याएको याेगदानमा प्रसंसा गर्दै अझ क्रियाशील भएर कार्य गर्न जाेड दिए ।

सभामा संस्थाले गत आर्थिक वर्षमा गरेका प्रगति एवम् आर्थिक प्रतिवेदन अनुमोदनसँगै सोहि अवसरमा संस्थामा उत्कृष्ट ऋण कारोबार गर्ने असल ऋणी जीतबहादुर कार्की, रेखा शिवाकोटी, नियमित बचतकर्ता मीना भट्टराई, विष्णुप्रसाद अधिकारी, दैनिक असल बचतकर्ता सुनिता न्यौपाने, असल बाल बचतकर्ता याहान रेग्मी, आरोही बिक शंकरलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । त्यसैगरि सामुदायिक विद्यालयबाट कक्षा १२ मा उतिर्ण प्रसान्त न्यौपाने, जेष्ठ शेयर सदस्य सम्मान तर्फ पूर्णबहादुर बस्नेत र जयन्ता प्रसाईलाई सम्मान गरिएको थियो । त्यस्तै आधारभूत तहमा अध्यनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई सम्मान गरेको छ। सम्मानित हुनेमा रोषिका बास्तोला र शिशिर भुजेल रहेका छन् । त्यसैगरी संस्थाले उत्कृस्ट कर्मचारीहरूलाई समेत सम्मान गरेको छ ।

कार्यक्रममा क्रिगिस्तानमा आयोजित ९औं विश्व स्ट्रेन्थ लिफ्टिंग प्रतियोगितामा स्वर्ण र रजत पदक हात पार्न सफल दिपा बिस्टलाई सम्मान गरिएकाे थियाे । बिस्टले यहि भाद्र २० गतेदेखि २८ गतेसम्म आयोजित प्रतियोगितामा १४ देशका खेलाडीहरूलाई पछी पार्दै नेपाललाई उपाधी दिलाउन सफल भएकी थिइन् ।

१ हजार ५ सय ४८ जना शेयर सदस्य रहेको उक्त सहकारीको कूल चुक्ता पूँजी ४ करोडको हाराहारीमा रहेको छ । त्यस्तै संस्थाले गत आ.व.मा कूल आम्दानी १ करोड ४४ लाख भन्दा बढी गर्न सफल भएको अध्यक्षद्वारा प्रस्तुत प्रतिबेदनमा जनाइएको छ । कार्यक्रम संस्थाका सचिव घनश्याम ढकालकाे संचालन तथा बाबुराम ढकालकाे सभापतित्वमा सम्पन्न भएको थियाे ।

तपाईको प्रतिक्रिया