धरान १० का वडाध्यक्षले कर्मचारि कुटे पछि मेयर हर्कले भने ‘कर्मचारी मेरा छोराछोरी हुन्न कुटपिट गर्नु पाईदैन’

धरान / धरान – १० का वडाध्यक्ष विवेक राईले उपमहानगरपालिकाका सफाईकर्मी ५० वर्षका राजेश थापा मगरलाई अपशब्द बोलेर हातपात गरि कुटपिट समेत गरेका छन्। आज संविधान दिवसको दिन पनि छुट्टीको दिन पनि थापाको नेतृत्वमा ५ जना कर्मचारि धरान ८ को धर्मपथको रुट हुँदै फोहोर उठाउँदै जाने क्रममा वडाध्यक्ष राईले बिना कारण गालि गौलज गरि सरसफाई गाडिका डाईभर थापालाई कुटपिट गरेको मेयर हर्क साम्पाङले पूर्वेलि न्युजलाई जानकारि दिए।

नगर प्रमुखको कार्यकक्षमा प्रमुख प्रशासकिय अधिकृत उद्धव रिजाल र कर्मचारी एसोसियन धरानका अध्यक्ष किशोर अधिकारीको र ४० जना बढी सफाईकर्मिको उपस्थित गरिएको छलफलमा मेयर हर्कले ईलाका प्रहरि कार्यालय धरानमा अध्यक्ष राईलाई जिम्मा लगाई बयान गरि कानुनि कार्बाहि गर्ने आदेश समेत दिएको अधिकृत रिजालले जानकारि दिए।

नमस्कार वडाध्यक्ष ज्यु ,भन्दा सिधै हात तानेर घिसारेर लगेर एक झापड हाने । अनि फेरि रिसाएर यहाँको फोहोर किन नउठाएको ? के जागिर खानु मन छैन ? भन्दै मनपरि मुख छाडेको पीडित कर्मचारी राजेशको भनाई छ । कर्मचारी एसोसियनअध्यक्ष अधिकारीले सो विषयमा आपत्ति जनाउदै उनले भने ‘जनप्रतिनीधिले कर्मचारीले कुटपिट गर्नु गलत र गैरकानुनि र गैर जिम्मेवार भएको बताए ।

धरान १० को फोहोर अब उठदैन : मेयर हर्क

धरान १० को फोहोर अब नउठाउन मेयर हर्कले कर्मचारिलाई निर्देशन दिएका छन्। वडाध्यक्ष विवेक राईले आएर माफि नमागे सम्म फोहोर उठ्दैन । यो विषयमा कार्यपालिका बैठकमा छलफल हुन्छ ।हामि मुद्दा प्रकियामा पनि जान्छौ यो गम्भिर विषय हो ।’ मेयर हर्कले भने ।

कर्मचारी मेरा छोराछोरी हुन् कुटपिट गर्नु पाईदैन: हर्क

मेयर हर्कले भने ‘’नगर हत्केला हो भने वडा औैंला हो ।हामी दुबैएक अर्काका परिपुरक हौ ।’’ धरान ८ का अध्यक्ष र सदस्यहरुले पटक पटक धमक्याँउने कुटपिट गरेको हुदा ४० जना बढी सफाई कर्मचारिले काम नगर्ने गरि मेयरलाई भेट्नु गएका थिए। सफाई कर्मचारिको कुरा सुनेपछि मेयर हर्कले भने’ दुरव्वहार नसहनु केहि भएमा सोझै भेट्नु आउन एउटा वडाको कारणले गर्दा अन्य वडाको काम नरोक्नु हामि प्रशासन कार्बाहिमा जान्छौ।’

‘पटक पटक सरसफाईका कर्मचारिलाई रिसिबी साध्नु राम्रो हैन् । म सँग रिस हो भने आए हुन्छ भिड्नु तर, मेरा छोराछोरि कुट्नु पाइदैन् । सबै कर्मचारि मेरा लागि बराबरि हुन।’’

रुट आज यहाँ नपरेको र भोली आएर उठाएदिन्छु भन्दा पनि केरे भन्दै कराएको यसअघि पनि सोही वडाका सदस्यहरुले पनि व्यक्तिगत रुपमा फोन गरेर म तेरो अनुहार हेर्नु चाहान्छु भन्दै थर्काएको गुनासो गरे भने विवेक ९ सय २४ भोट ल्याएर एमालेबाट निर्वाचित भएका वडाध्यक्ष हुन।

प्रतिक्रिया

सम्बन्धित