धरानमा ३३ प्रतिशत महिला अनिवार्य हुने गरि ‘नगर प्रहरी जवान’ छनोट प्रकृया सुरु

धरान / धरान उपमहागरपालिकामा करार तर्फका लागि आवश्यक नगर प्रहरीको जवा। छनौट प्रकृया आजबाट सुरु भएको उपमहानगरले जनाएको छ । बढ्दो शहरीकरण सँगै बढेका चोरी डकैतीका घटना न्यूनीकरण गर्न र शान्ति सुरक्षालाई मजबुद बनाउन स्थानीय नगर प्रहरी व्यस्थापन कार्यविधि, २०७४ अनुसार नगर प्रहरी जवान र वरुण यन्त्र जवानका लागि गरि जम्मा ११ जना नगर प्रहरी भर्नाका लागि उपमहानगरले १५ दिने दरखास्त आह्वान (सूचना )जारि गरेको थियो।

जसमा ३२ दरखास्त आह्वान पेस गरेको उपमहानगरले जनाएको छ । दरखास्त आह्वान पेस गर्नेहरुको आजबाट छनोट हुन सुरु भएको छ।प्रदेश प्रहरी कार्यालय धरान -१३ मा बिहान ८ बजेबाट उचाई ,तौल, छाति र आँखाको पावर लगायत अन्य स्वास्थ्य परिक्षण गरिएको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले पूर्वेली न्युजलाई जानकारी दिए । उनका अनुसार ३२ ले फम भरेका जना मध्ये २ जना आज अनुपस्थित थिए भने ३० जनाको पहिलो चरणको जाॅच आजबाट सुरु भएको हो।

उपमहानगरले दरखास्त आह्वानमा (प्रवीणता प्रमाण पत्र तह ) उतिर्ण गरेको हुनुपर्ने उल्लेख गरेको थियो। जवानका लागि कक्षा ८ उत्तिर्ण हुने व्यवस्था भएको तर, १२ पासको कुरा आएपछि राजनीति दलका व्यक्तिलाई र ८ पास भएर नगर प्रहरीको जागिर खाने सोचमा बसेकाहरुलाई यो एकाएका टाउको दुखाइको विषय बन्यो ।

प्रमुख प्रशासकिय अधिकृत उद्धव रिजालको कार्यकक्षमा गएर नगर प्रहरीको जागिर जवानमा ८ कक्षा पासले हुनुपर्ने माग गर्दे गठबन्धनका एक नेताले उपमहानगरलाई आन्दोलनको चेतावनी दिँदै आफूले जे पनि गर्नु सक्ने धम्की दिएको रिजालको भनाई छ । रिजालले भने ‘जागिर धेरैलाई लगाइदिन्छु भन्ने बचन दिएको हुनुपर्छ त्यसैले फोन राजनिति दलको धेरै दबाब आयो ।तर, सबैलाई हेक्का रहोस् उपमहानर सेटिङमा हैन् सिस्टममा चलाउनु पर्छ भन्ने उपमहानगरको मान्यता हो ।

रिजालले भने ‘ नगर प्रहरीमा नगरबासीहरुको सुरक्षा, कार्यलय प्रमुखको सुरक्षा, मेयर उपमेयरको सुरक्षा, अव्यस्थित टहरा, वन जंगल सुरक्षा, सडक मानव व्यवस्थापन, सार्वजनिक सम्पत्ति सुरक्षा , अवैध चोरी निकासी लगायत अन्य नदीजजन्य उत्खनन देखी विपत व्यवस्थापनका महत्वपूर्ण काम हुने भएकाले युग अनुकुल सक्षम जनशक्ति लिएका हौ। ‘ ‘’ करारमा लिने कर्मचारी हामीले जस्तो आवश्यक पर्छ त्यस्तै छानिछानि लिन पाउँछौ हामीले कार्यविधीमै टेकेर लिएका छौ ।’’ रिजालले भने ।

यस्तै ,करारमा नगर प्रहरी भर्नाको विषयमा शैक्षिक योग्यता असइ पद सरहको भएको जनगुनासो बढे पछि यस विषयमा मेयर हर्क साम्पाङले भने ‘ जति पढेको कर्मचारि आयो तेति राम्रो हैन र नगरको लागी ? आधारभुत तहसम्म त पढ्नु पर्ने रहेछ नगर प्रहरी बन्न भनेर सन्देश गइरहेको छ । सकरात्मक कुरा हो शिक्षा स्तर धरानको बढ्नु पर्छ र उपमहानगरले स्वस्थ प्रतिस्पर्धा गरि गरि छानि छानि सक्षम जनशक्ति दिन्छ अनी मात्र विकास हुन्छ ।’’

“नगरवासीको शान्ति सुरक्षा र अपराधका घटना न्यूनीकरण र नियन्त्रण गरी सभ्य समाज निर्माण गर्ने सोचमा जुटेका छौ । हामि प्रविधि मैत्री बन्छौ र सशम जनशक्ति आजको माग हो। पढ्नुहोस नबरालिन अबका दिनमा ब्याचलरको पनि माग्नु सक्छौ।’’

नगर प्रहरीको काम, कर्तव्य पनि करिब नेपाल प्रहरीसँग मिल्दोजुल्दो रहेको छ । नगर प्रहरीको पारिश्रमिक नगरपालिकाले तोकेबमोजिम हुनेछ । भने, सेवा निवृत्त भूतपूर्व प्रहरी कर्मचारीले पनि नगर प्रहरीका लागि आवेदन दिन सक्ने छन् ।

युवाले रोजगारी पनि पाउने शान्ति सुरक्षा पनि हुने । शहरीकरण बढ्दै छ । आगामी दिनमा नगर प्रहरीको सङ्ख्या बढाउनु पर्ने शिक्षा स्तर पुरानो भन्दा नयाॅ लागु हुनु पर्ने कुरा समिक्षा हुन थालेको छ ।

तपाईको प्रतिक्रिया