असम्बन्धित तस्वीर सामाजिक सञ्जालमा भाइरल, युवतीले दिइन् साइबर ब्यूरोमा उजुरी

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउने किशोरी भन्दै सामाजिक सञ्जालमा असम्बन्धित तस्वीर भाइरल बनाइएको छ ।

आफ्नो तस्बिर दुरुपयोग गरिएको भन्दै भाइरल भएकी युवतीले साइबर ब्यूरोमा उजुरी दिएकी छिन् । ब्यूरो स्रोतका अनुसार युवतीले केही दिनअघि निवेदन दिएकी छिन् । उनले सामाजिक सञ्जालमा प्रयोग भइरहेको तस्बिर तथा त्यसमा आएका गालीगलौजको स्क्रिनसटसहित निवेदन दिइएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया