सहयोग गर्न खोज्दा नराम्रोसँग फसिन् करिश्मा

काठमाडौं । सहयोग गर्न खोज्दा अभिनेत्री करिश्मा मानन्धर गम्भीर संकटमा फस्ने देखिएको छ । कुमारी आमा भनेर चिनिने निहारिका राजपूतले अभिनेत्रीविरुद्ध उजुरी दिन लागेकी हुन् ।

उनले आफ्नो निजी तस्बिरहरु विना अनुमति सामाजिक संजाल फेसबुकमा सार्वजनिक गरेको भन्दै मानन्धरविरुद्ध उजुरी दिने भएकी हुन् । शुक्रबार (आज) नै उनले करिश्माविरुद्ध साइबर क्राइमको मुद्दा हाल्न लागेकी हुन् । करिश्माले आफ्नो चरित्र हत्या गरेको राजपुतको आरोप छ । योसँगै उनले आफू अनशन बसेको बेला अभिनेत्री मानन्धरले दिएको २१ हजार रुपैयाँ र छोरालाई किनिदिएको चश्मा फिर्ता गरेकी छन् ।

पैसा फिर्ता गर्न उनी करिश्माको गोदावरीस्थित घरमै दुई वर्षको छोरा च्यापेर पुगेकी थिइन् । राजपुत, आफू १७ वर्षको हुँदा शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको र त्यसैबाट जन्मेको छोरा २३ महिनाको छोरा हुँदा पनि न्याय नपाएको भन्दै लडाँई लड्दै आएकी छिन् ।

तपाईको प्रतिक्रिया