धरान कार्यपालिका बैठकमा तनाव हुने सम्भावना, सम्भावित दुर्घटना रोक्न प्रहरीकाे विशेष सुरक्षा

धरान / धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक सुरू हुन लागेकाे छ । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ विरुद्ध साइबर अपराध सम्बन्धी उजुरी दर्ता भएपछि कार्यपालिका बैठकमा तनाव हुने देखिएकाे छ । कार्यपालिका बैठकमा हुने सम्भावित दुर्घटना राेक्न प्रहरीले विशेष सुरक्षा प्रदान गर्ने भएकाे छ ।

इलाका प्रशाशन कार्यालय धरान, इलाका प्रहरी कार्यालय र शसस्त्र प्रहरीले संयुक्त रूपमा सुरक्षा व्यवस्थापन गरेकाे छ ।

यसअधि नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्य तथा धरान उपमहानगरपालिकाकी निर्वतमान उपमेयर मञ्जु भण्डारी सुबेदीले साइबर ब्युरो भोटाहिटी, काठमाण्डौमा साइबर अपराध सम्बन्धी उजुरी दर्ता गरेकी हुन् ।

उनले धरानका नगरप्रमुख हर्क साम्पाङले (हर्कराज राई) अनलाइन एप्लिकेसनको प्रयोग गरेर फेक आइडी जेनेरेट गरी त्यसको तस्बिर सिर्जना गरेर जातीय र साम्प्रदायिक हिंसा भड्कने, जातीय उत्तेजनात्मक अभिव्यक्ति सहितको फोटो सामाग्री उत्पादन गरी चरित्र हत्या तथा कुप्रचार गरेको भन्दै भण्डारीले उजुरी दिइएकी छिन् ।

तपाईको प्रतिक्रिया