कविता : गम्छु कहिलेकाही || मुक्तिनाथ शाेसित

शुन्य छ साँझ
दिनकाे बारदलीबाट
एकमुठी घाम पारीकाे डाँडामा उकालाे लागेपछि अनि पाे निस्पट्टताकाे छाती चिरेर त्याे डाँडाबाट कराउन थाल्छ स्याल
झस्याङ,,,,ङ भालेपाेथीका निष्कलङ्क निद्रा बिथाेलिन्छन
एउट आहट बिद्रोह बाेल्छ
निदाउनु अघि मेराे तन्द्रावस्था खुल्छ
असार महिनाछ
मुठी खाएर मानु उप्जाउने बराजुकाे आदेसलाई सजिलै बिर्सन कहाँ सक्छु र म
घरि झरि त घरि घाम
काेदालाेकाे छङ छङ आवाज पाखा भित्ताभरी गाउलेहरुकाे खुई,,खुई मेराे लखतरान कानभरी छ
तन्द्रा छाडेर हेर्छु बाक्लाे हुस्सु संगै निराेधार झरि परिरहेछ
आकाशभरि चट्याङ निष्पट्टबाट तरङ्गहरु
उसकाे उमेर बाेकेर धापिदै धर्तीकाे छातीमा प्रहार गर्छ
सुशान्त धराकाे छियाछिया छातिबाट चित्कार छताछुल्ल आवेग पाखाभित्ता साेहाेर्दै हामफाल्छ
पर पर गाउँबाट चित्कारहरु मेरा हृदय

मुक्तिनाथ शाेसित

वेदना भरि समेटिन्छन
लाग्छ करूण ध्वनि
त्याे कुनै बिपद हाे
फेरि पाेखिन्छ रवि
छर्लङ्ग उतारेर नक्सा अघिकाे, आहा निक्कै विपत्ति पर्याे अरे
खै बुद्धकाे शान्ति ?
खै उन्मुलन दिग्दारीकाे
दाइ नमस्कार ,,
कलम र कापी लिएकाे एउटा ठिटो
चन्दा अरे ,,,
हिजाेकाे सुन्नु भाे?
अँ याद छ,,,
झिनाे लामाे निस्वास झिकेर उठेँ
लाै भाइ पाँचसय एक,
किन भने म शिक्षक
तलबदारि
महिना मर्छ,
आइ त रहन्छ नि !
जबसम्म अवकाश हुदैन !!

– दार्जिलिङ

तपाईको प्रतिक्रिया