इटहरी / आफ्नै घरमा काम गर्ने कामदार महिलालाई जबरजस्ती करणी गरेकाे भन्दै इलाका प्रहरी कार्यलय इटहरीमा उजुरी परेकाे छ । इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी खगेन्द्र बहादुर खड्काका अनुसार इटहरीका ब्यवसायी बजरङ्ग अग्रवालले आफ्नै घरमा काम गर्ने महिलालाई जबरजस्ति करणी गरेकाे भन्दै उजुरी परेकाे हाे ।
शुक्रबार उजुरी परे लगत्तै खाेजी गर्दा आराेपी अग्रवाल फरार भइसकेकाे र खाेजिकाे निम्ति टाेली परीचालन गरीएकाे समेत डिएसपी खड्काले बताए । आराेपी अग्रवाल राईस मिल र ग्रिन प्लाई उद्याेगका सञ्चालक समेत हुन् ।