विराटनगरस्थित न्युरो हस्पिटलले मनायो हेपाटाइटिस दिवस

विराटनगर । विराटनगरस्थित न्युरो हस्पिटलले विश्व हेपाटाइटिस दिवस मनाएको छ । हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने उद्देश्यले मनाउन थालिएको विश्व हेपाटाइटिस दिवस न्युरो अस्पतालले बिहीबार मनाएको हो ।
प्रत्येक वर्ष जुलाई २८ मा संसारभर यो दिवस मनाउने गरिन्छ । हेपाटाइटिसको जोखिम कम गर्दै स्वस्थ बनाउने अभियानलाई जोड दिँदै न्युरो अस्पतालले हेपाटाइटिस विरुद्धको खोप पनि लगाउन सुरु गरेको छ । बिहीबारदेखि अस्पताल परिसरमा अस्पतालमा काम गर्ने सरसफाइ कर्मचारीहरूबाट हेपाटाइटिस विरुद्धको खोप लगाउन सुरु गरेको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । ‘हेपाटाइटिस हुन नदिन अस्पतालमा काम गर्ने सम्पूणर् कर्मचारीहरूलाई यो खोप लगाउन सुरु गरिएको छ,’ उनले भने, ‘अस्पतालमा काम गर्ने ४ सय ५० भन्दा बढी कर्मचारीहरूले हेपाटाइटिस विरुद्धको खोप लगाउनेछन् ।’ यो खोप तीन चरणमा लगाउनुपर्नेछ । पहिलो डोज खोप लगाएपछि दोस्रो र तेस्रो लगाउनुपर्ने हुन्छ । अस्पतालमा काम गर्ने सम्पूणर् कर्मचारीहरूलाई लगाउने खोप निःशुल्क प्रदान गरिएको उनले बताए ।
अस्पतालमा हेपाटाइटिस तथा कलेजो सम्बन्धी उपचार सेवा पनि सुचारु गरेको छ । एक हप्तासम्म ओपिडी निःशुल्क र सम्पूणर् जाँचमा २० प्रतिशत छुट रहेको छ ।
स्वास्थ्य सेवा बिस्तार गरेर लैजाने क्रममा न्युरो अस्पतालमा चार जना चिकित्सक पनि थप गरिएको छ । जसमा डा। भी कट्टेल, डा। भुवनेश्वर यादव, डा। निशान्त भुर्तेल र डा। प्रभुल्ल कोइराला रहेका छन् । विस्तारित सेवाले सम्पूणर् बिरामीहरूलाई उपचारमा सहजता पाउने अपरेशनल डाइरेक्टर भट्टराईले बताए ।
यस वर्षको नारा अब ‘हेपाटाइटिस विरुद्धको उपचारमा अब म पर्खिन्न’ भन्ने तय गरिएको छ । रोगबारेको अनभिज्ञता र अज्ञानता हटाउनुपर्छ भन्ने मान्यता स्वरूप जनचेतना जगाउने अभियान अन्तर्गत हेपाटाइटिसविरुद्धको दिवस मनाउन थालिएको हो ।
फोटो छ ।

धरानस्थित विपी प्रतिष्ठानमा कार्यरत१ सय ४० जना चिकित्सकहरू द्वारा सामूहिक राजी…

वीर अस्पतालका कर्मचारीलाई तलब दिन नसकेपछि हटायौँ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौंमा बढे डेङ्गीका बिरामी

उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री …

डेंगु संक्रमणबाट थप एकको निधन

गुणस्तरीय सेवामा अब्बल इटहरी सामुदायिक अस्पताल : सेवाग्राही भन्छन् 'गुनासो पोख्…

लुम्बिनी प्रादेशिक अस्पतालमा मेसुको मनपरी, नियमावलीविपरीत भटाभट नियुक्ति

प्रतिक्रिया