हर्क साम्पाङ अराजकताको बाटोमा : सडकको ठेकेदारलाई धम्की, शिक्षकलाई मोसो दलेर सहर घुमाउने !

धरान / धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले ‘उद्दण्ड’ व्यवहार देखाउन थालेका छन् । स्वतन्त्रबाट धरानको मेयरमा निर्वाचित राई सामाजिक सञ्जालमा गर्ने पोस्टका कारण चर्चामा छन् । यसै क्रम उनले लेखेका २ वटा स्टाट्सकाे अहिले आलोचना भइरहेको छ । उनले तरहरा धरान सडक खण्डको निर्माणका विषयमा धम्की पूर्ण भाषाको प्रयोग गरेका छन् । उनले लेखेका छन् “तरहरा धरान बिचको सडक बनाउने ठेकेदारलाई सम्झेको छु ! कुन दिन लाइभ भेटाउँछ ! काम गर्न नसक्नेले जिम्मा किन लिनु ? फटाहा… ।”

त्यसै गरी उनले शिक्षकलाई मोसो दलेर सहर घुमाउने भन्दै पोस्ट गरेका छन् । उनले लेखेका छन् ” आज एका बिहानै देखि शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेको भिडियोले दिमाग बिगारिराछ ! धरानमा यो खाले घटना नघटोस् ! यदि घटेमा सम्बन्धित शिक्षकलाई जेल हाल्ने त पक्का छ त्यो भन्दा पहिले मोसो दलेर सहर घुमाइनेछ ! ।” सामाजिक सञ्जालमा शिक्षकले विद्यार्थीलाई कुटेको भिडियो भाइरल भएपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

उक्त भिडियो हेर्दा नेपाल नभएर अन्य देशको जस्तो देखिन्छ । सामाजिक सञ्जालमा आएका यस्तो विषयमा मेयरको हैसियत नै बिर्सिएर मोसो दलेर सहर घुमाइनेछ भन्दै गैर कानुनी कुरा गर्दा उनी अभियातनाबाट माथि उठ्न नसकेको भनेर आरोप लगाउनेलाई बल पुगेको छ ।

यस विषयमा सामाजिक सञ्जालमा राजु बस्नेतले ‘मोसो नै दलिहाल्ने र मेयर साप अराजक त भइन्न फेरी’ भनेर लेखेका छन् । साथै सुवास राईले लेखेका छन् ‘तपाईंको काम पोलेसी बनाउने हो मेयर साब । यस्तो बकम्फुसे र मुड्के कुराले दुई चार जना मानिसलाई उत्तेजित पार्दै म जस्ता भुइमान्छेलाई तपाईँप्रतिको पङ्खा हुनुबाट वञ्चित नगरिदिनु है ! तपाईँ ले बोलिरहँदा मलाई यो भाषा अलि हज्मला खानुपर्ने भो । तपाईँप्रतिको उच्च सम्मान उहीँ तपाईँको सानो पङ्खा! इटहरी बाट ।’

तपाईको प्रतिक्रिया