संस्था दर्ता भएको एक सातामै देखायो ‘किशोरी संजाल धरान’ ले आफ्नो सक्रियता

सुनसरी / नवगठित महिला तथा किशोरी संजाल धरानले आफ्नो उदेश्य अनुसारका कामहरुमा संस्था दर्ता हुना साथ सक्रियता देखाएको छ । आज धरान -१२ को स्टार पूर्वी होटलमा संजालले ‘ किशोर किशोरी स्वास्थ्य सुदृढिकरण योजना तर्जुमा कार्यक्रम’ गरेको हो । संजालको यो पहिलो कार्यक्रम हो। जसमा धरानमा स्कुलतर्फ हिमालयन स्कुल, श्री शिक्षा निकेतन माध्यामिक विद्यालय, श्री सारदा बालिका नमुना विद्यालय र कलेजतर्फ महेन्द्र बहुमुखी क्याम्पस, धरान मोडल कलेज र न्यासनल कलेजका विद्यार्थीहरुलाई नमुनाको रुपमा लिएर ८ वडा विषयमा केन्द्रित भएर नीति तथा योजना निमार्ण गरिएको थियो । कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो भने कार्यक्रमलाई धरान उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको हो ।

कार्यक्रममा सहयोग र सुरक्षित वातावरणको निमार्ण, किशोर किशोरीमा हुने मानसिक समस्या तथा तनाब व्यवस्थापन गर्नु सेवा प्रदान गर्ने, मनोसामाजिक भावानात्मक र मानसिक स्वास्थ्यको विकास तथा प्रवर्धन, दुर्घटना तथा चोकपटक, प्राकृतिक प्रकोप र हिंसाबाट सुरक्षा, यौन रोग तथा एच आइ भी संक्रमणको नियन्त्रण, लागुपदार्थ दुव्र्यसनको रोकथाम , नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थय प्रबर्धन, र पोषणको विषयमा सामूहिक छलफल गरि नीति निमार्ण तयार पारिएको हो । कार्यक्रमको सहजीकरण स्वास्थय प्रमुख उमेश मेहता र नर्सिङ अधिकृत दिपा अधिकारी र संजालका सदस्यहरुले गरेका थिए ।

कार्यक्रममा सहभागी किशोर किशोरीहरुले लागुऔषको विषय र बेफाइदा र यसको कानुनी सजायका कुरा विद्यालयका पाठ्यक्रममा समेटिनु पर्ने माग राख्दै नीति तथा निमार्ण बनाएका छन् यस्तै विद्यालयहरुमा किशोर र किशारीहरुमा उमेर समूह सँगै आएका परिवर्तनहरुलाई बुझ्न र परामर्शका लागि दैनिक वा साप्ताहि डेक्सको माग राख्दै सो कुरालाई नीति तथा योजनामा समावेश गरेका छन्। प्रयोगात्मक तथा व्यवहारिक शिक्षाको लागि समाज बुझ्नुलाई प्राक्टिकल गराउनु पर्ने र किशोरीहरुले पनि आफूहरुलाई विद्यालयमा समाजमा वा अन्य ठाउँमा यौन हिंसा किशोर किशोरीहरुको पनि हट लाइन नम्बर हुनुपर्ने जसले गर्दा सेवा प्रदायक संस्था सँग खुलेर आफ्नो कुरा राख्नु सकिने बताएका थिए । सहभागिहरुले जुन कुरा आफ्नो उमेरकोलाई भन्नु सकिन्छ तेही कुरा आफू भन्दा बढी उमेरकोलाई नसकेको निचोड निकाले।

संजाल गत ८ गते दर्ता भएको हो । संजालकी अध्यक्ष संजिता धमलाले भनिन ‘हाम्रो सक्रियता सुरु भएको छ । धरानमा १ वर्षमा एक सय किशोरीहरुलाई आत्मनिर्भर, क्षमतावान, अनुसाशित, मर्यादीत बनाउनका साथै उमेर समूहमा आएका परिवर्तन सँग नजिकिएर काम गर्ने छौ । ’ उनले भनिन’मान्छे उमेर पुग्दै गएपछि बुढो हुन्छ तर, संस्था जति उमेर पुग्दै गयो तेति भर्खरको तेती नै मजबुद हुन्छ’ मेयर हर्क साम्पाङको प्रमुख अतिथि र प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलको र महिला संजाल धरानको अध्यक्ष चेतना श्रेङ्ग र स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताको बिशिष्ठ अतिथिमा भएको हो ।

प्रमुख अतिथिको मन्तव्य राख्दै मेयर हर्कले भने ‘किशोरी संजाल धरानमा जन्मिएको छ । नगरपालिकाले नगरबासिको अझ महिला तथा किशोर किशोरीहरुको हितका लागि यो संजाललाई हुर्काउने काम उपमहानगरले गर्छ र गर्नुपर्छ । ‘ आजका किशोर किशोरी भोलिका मेयर उपमेयर हुन।संजालले तयार पारेका नीति तथा योजना कार्यान्वयन गर्ने पक्षमा सिंङगो नगरपालिका सकरात्मक छ । आज बनेका नीतिहरु अर्थपूर्ण रहेका छन्। मेयरले भने।

म पनि एक दिन किशोर नै थिए । त्यो समयमा मइले भनेको सबैले मानुन भन्नु स्वभाविक हो । तर, युवा पुस्ता लागुऔषधको दलदलमा फसेका छन्। हामी धरान राम्रो बनाउनु पर्छ । किशोर किशोरीहरुलाई अभिभावकहरुले राम्रो शिक्षा उपयुक्त समयमा नै दिनुपर्छ । यस्तै विशिष्ठ अतिथिको मन्तव्य राख्दै अधिकृत पौडेलले संजालको पहिलो कार्यक्रम महत्वपूर्ण काम रहेको भन्दै कामप्रति उनेले संजाललाई धन्यवाद समेत व्यक्त गरे । पौडेलले भने यो किशोर किशोरी नमुनामा रुपमा यहाँ सहभागी हुँदा यतिका धेरै कुरा आएका छन् संजाललाई म आग्रह गछु यस्ता कार्यक्रम नगरका प्रत्येक विद्यालय र कलेजमा गर्नु आजको आवश्यक हो ।

यस्तै महिला संजालकी अध्यक्ष चेतनाले संजालमा बनेका नीति तथा योजना कार्यान्वयन गर्नु सकेको सहयोग गर्ने बताइन्। यस्तै स्वास्थ्य प्रमुख मेहताले धरानमा सरुवा रोग बढेकाले सबैलाई किशोर किशोरीलाई सुरक्षित रहन आग्रह गरे।

तपाईको प्रतिक्रिया