बचतकर्ताको लाखौं रकम हिनामिना गर्ने सहकारीका कर्मचारी मोरङको सुन्दरहरैँचाबाट पक्राउ

सुन्दरहरैँचा / बचतकर्ताको लाखौं रूपैयाँ हिनामिना गर्ने सहकारीका एक जना कर्मचारीलाई प्रहरीले मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट पक्राउ गरेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले सुन्दरहरैँचा–७ गोठगाउँका २४ वर्षीय विवेक भुजेललाई पक्राउ गरिएको जानकारी दिए । भुजेल सुन्दरहरैँचा–६ स्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको गोठगाउँ सेवा केन्द्रका सहायक कर्मचारी हुन् ।

सहकारीका सचिव यमप्रसाद सिग्देलको जाहेरीका आधारमा पक्राउ गरेर उनीमाथि अनुसन्धान अघि बढाइएको डिएसपी श्रेष्ठले बताए । जम्मा गरेको रकम बचतकर्ताले आफ्नो खातामा नभएको थाहा पाएपछि सहकारीलाई गुनासो गरेका थिए ।

तपाईको प्रतिक्रिया