आफ्नै जेठाजुद्वारा भाइबुहारी बलात्कृत, जेठाजु पक्राउ

गुल्मीमा भाइबुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका-६ निवासी ३५ वर्षीय पुरूषद्वारा आफ्नै सहोदर भाइकी १९ वर्षीय श्रीमती बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन ।

असार १४ गते दिउँसो सोही वडाको किटानी भन्ने स्थानको गोठमा भाइ बुहारी बलात्कार गरेको आरोपमा जाहेरी परेपछि शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए । यादवका अनुसार ती महिलाका श्रीमान् रोजगारीका सिलसिलामा देश बाहिर छन् ।

तपाईको प्रतिक्रिया