प्रेस युनियनकाे राष्ट्रिय उपाध्यक्षमा रेग्मीकाे उम्मेद्वारी घाेषणा

सुन्दरहरैंचा / बरिष्ठ पत्रकार शेखर रेग्मीले आसन्न नेपाल प्रेस युनियनकाे नबाै राष्ट्रिय महाधिबेशनमा खुल्ला तर्फबाट राष्ट्रिय उपाध्यक्षमा उम्मेद्वार बन्ने घाेषणा गरेका छन । रेग्मी नेपाली पत्रकारितामा तीन दशक देखि सकृय रहेर काम गरिरहेका छन् ।पूर्व क्षेत्रमा रहेर पत्रकारिताकाे श्रीवृद्धीमा अतुलनिय याेगदान दिदै आएका रेग्मीकाे उम्मेदवारी घाेषणाले सिंगाे संचार क्षेत्रलाई अहिले उत्साहित बनाएकाे छ । युनियनकाे महाधिवेशन आउँदाे साउनकाे पहिलाे साता हेटाैंडामा हुने भएको छ ।

अन्नपूर्ण पाेष्टकाे पूर्व क्षेत्रकाे संस्थापक व्यूराे प्रमुख भएर १३ बर्ष काम गरेका रेग्मीकाे स्पेश टाईम , हिमालय टाईम्स , देउराली दैनिक लगायत काठमाण्डाैका विभिन्न साप्ताहिकमा काम गरेकाे लामाे अनुभव छ । स्थानीय विराटपथ दैनिककाे सम्पादक भएर ७ बर्ष काम गरेपछि अहिले रेग्मीले विराटनगरबाट रेडियाे स्टार एफएम संचालन गर्दै आएका छन ।

रेग्मी नेपाल प्रेस युनियनकाे प्रदेश उपाध्यक्ष समेत भएका छन । उनले राष्ट्रिय समाचार समितिकाे वाेर्ड अफ डाईरेक्टर र प्रदेश नम्वर १ का प्रदेश प्रमुखकाे प्रेस सल्लाहाकार समेत भएर काम गरेका छन । युनियनकाे नबाै महाधिवेशनमा आफ्नाे उम्मेदवारी संचार क्षेत्रकाे विकास र श्रमजिवि पत्रकारहरूकाे उत्थानकाे लागि रहेकाे रेग्मीले बताए ।

तपाईको प्रतिक्रिया