झापामा सर्पदंशबाट किशोरको मृत्यु

झापा / झापामा सर्पदंशबाट एक किशोरको मृत्यु भएको छ । विषालु सर्पको डसाइबाट बुद्धशान्ति गाउँपालिका – ५ का १५ वर्षीय अजित तमाङको ज्यान गएको हो । गए राति ९ बजेतिर गाउँमा जंगली हात्ती आएपछि उनी धपाउन घर बाहिर निस्केका थिए। सोही बेला उनलाई सर्पले डसेको हो।

सर्पले डस्नासाथ उनी सिकिस्त भएका थिए । तत्कालै सर्पदंश उपचार केन्द्र चारआली पुर्‍याइए पनि उपचार सम्भव नभएको सञ्चारकर्मी समेत रहेका स्थानीय तीर्थ तिम्सिनाले बताए । घटनाको बुधबारे प्रहरीले पुष्टि गरेको छ। कुसल फुटबल खेलाडी तामाङ एसईईको रिजल्टको पर्खाइमा थिए।

तपाईको प्रतिक्रिया