हे आमा कसरी बिते कहर ती वर्षात बाढी झरी
कापे थर्थर भाेक प्यास सँहदै आँधी हुरी हुन्डरी
खाली पाउ थियो तुषार ठिहिराे खाली भएकाे तन
हे आमा कसरी बिते कहर ती साँच्चै नढाँटी भन
खायौं सिस्नु ढिडाे पिठाे हरघडी आधा रह्यो पेट त्याे
च्यापी बालक लाख दर्द सहदै तिम्रो जवानी बित्याे
मेलापात गर्याैं सखार घरकाे भान्सा भकाराे सब
हे आमा कसरी बिते कहर ती साँच्चै नढाँटी भन
वर्षा बादल मेघ बड्छ खहरे बाढी र पैराे अहाे!
तिम्रो काेमल देह दु:खित हुँदै अात्मा रुएकाे थियाे
काट्याै कष्ट हरेक काल पल ती गर्दै गयौं सामना
हे आमा कसरी बिते कहर ती साँच्चै नढाँटी भन
चर्काे घाम कठै पियास तनमा बैशाख काे मासमा
पाएनौं कहि दर्द पाेख्न मनका दासी बन्याैं त्रासमा
अर्काकै मन जित्न व्याकुल हुँदै तिम्रा बिते याैवन
हे आमा कसरी बिते कहर ती साच्चै नढाँटी भन
आमाहुन् जननी निस्वार्थ मनले सद्भाव माया दिने
आफ्नाे रक्त बगाउँदै प्रसवकाे मा बनेकी उनी
सच्चा मन्दिर भित्र पूज्य सबकी देवी यिनैहुन् चिन
हे आमा कसरी बिते कहर ती साच्चै नढाँटी भन