हर्क साम्पाङको पक्षमा धराने जनताले धर्ना दिए पश्चात वडाअध्यक्षहरुले बहिस्कार गरे कार्यपालिका बैठक

धरान / धरान उपमहानगरपालिका अगाडि स्थानीयबासीले धर्ना दिएकाे कारण बिहीबार डाकीएकाे धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक वडाअध्यक्षहरुले बहिस्कार गरेका छन् । वडाअध्यक्षहरुले मेयर साम्पाङको निर्देशनमा आफुहरुविरुद्ध प्रर्दशन भएको भन्दै असन्तुष्टी जनाएका छन् । केही वडाअध्यक्षहरु उपमहानगरपालिकामा आइसकेर फर्किए भने कतिपय वडाअध्यक्षहरु उपमहानगरपालिका प्रवेश नगरि फर्किएका थिए ।

नगर प्रमुख अघि बढ्नुहोस्, धराने जनता साथ दिन तयार छ, नदीजन्य नदी, खोला उत्खनन गर्न पाइँदैन, हिजोको भ्रष्ट, आज देखियो प्रष्ट, भ्रष्ट ज्यू खोलानाला दोहन नगरौं कष्ट, स्वतन्त्रको पछि धराने जनता, खबरदार, खोलानाला बेच्न पाइँदैन, यस्ता वडाध्यक्ष धराने जनता चाहिँदैन लगायतको नारा लेखिएका प्लेकार्ड बोकेर स्थानीयबासीले धर्ना दिएका हुन् ।

पहिलाे कार्यपालिका बैठकमा साम्पाङले नदीजन्य पदार्थ उत्खनन् तथा दोहन नगर्ने प्रस्ताव पेस गरेका थिए । साम्पाङले ‘विगतमा नगर क्षेत्र भएर बग्ने नदीहरु सेउती, सेरा, अँधेरी, सर्दुलगायतका खोलामा ठेक्का गरी नदीजन्य पदार्थहरु उत्खनन्ले प्राकृतिक विपत्ति आउने भएको हुँदा नगर क्षेत्रका सबै खोलाबाट नदीजन्य पदार्थको उत्खनन् तथा दोहन गरी विक्री वितरण बन्द गर्ने भन्ने प्रस्ताव राखेकाेमा वडाअध्यक्ष र मेयर साम्पाङबीच खोला ठेक्का लगाउने कि नलगाउने भन्ने बिषयमा चर्काचर्की परेको थियो ।

मेयर हर्क साङपाङकाे यस्ताे स्टाटस

कार्यपालिका बैठक बस्न नसकेपश्चात धरानका मेयर हर्क साङपाङले सामाजिक संजाल मार्फत सर्दु सेउती बेच्नु हुन्न भन्दा वैठक बहिष्कार गर्नेहरुलाई हार्दिक धन्यवाद भन्दै स्टाटस पाेस्ट गरेका छन् । उनले धराने जनता नगरपालिका आएर सर्दु सेउती बेच्नु हुन्न भन्दा वैठक बहिष्कार गर्नेहरुलाई हार्दिक धन्यवाद ! भन्दै स्टाटस पाेस्ट गरेका हुन् ।

तपाईको प्रतिक्रिया