मोरङ कानेपोखरीका युवाले सार्वजानिक स्थानमा लिङ्ग देखाएपछि…

मोरङ / मोरङ कानेपोखरीका युवाले सार्वजानिक स्थानमा लिङ्ग झिकेर देखाएका छन् । मोरङ कानेपोखरी ४ को ४० बर्षिय राजु चौधरीले वडाको नारायण चोकमा छलफल चलिरहेको बेला लुगा खोलेर लिङ्ग निकालेर सार्वजनिक रुपमा देखाएका थिए । छलफलको क्रममा गुप्ताङ्ग प्रदर्शन गरेपछि सहभागी एक जनाले सो कार्यको भिडियो समेत खिचेका थिए । भिडियो सहित इलाका प्रहरी कार्यालय पथरीमा सार्वजनिक स्थालमा यौनाङ्ग देखाउन नहुने बिषयमा जाहेरी परेपछि चौधरीलाइ प्रहरीले पक्राउ गरेकाे छ ।

घट्ना अनुसार छिमेकी रमेश दाहाल खेतमा जाँदै गर्दा चौधरीले अश्लिल शब्दहरु बोल्दै बाटो छेकेका थिए । किन बाटो छेक्छस भन्दा मादक पदार्थ सेवन गरेका चौधरीले म यहाँको डन हुँ भन्दै कुट्ने प्रयास गरेको दाहालको भनाइ छ । सो बिषयमा मंगलबार बिहान छरछिमेकी सहितको छलफल भएको थियो । उक्त छलफलमा पनि राजु चौधरीले अश्लिल शब्द बोल्न नछाडेको दाहेरी पत्रमा उल्लेख छ । सम्झाउदा चित्रबहादुर राईलाई कुटपिट गर्दै समाजलाई आतंकित बनाउनुको साथै तिमिहरुले केही गर्न सक्दैनस भन्दै लुगा खोलेर लिङ्ग देखाइ दिएको रमेश दाहालले बताए ।

मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार १० बर्ष माथि उमेरकाले सार्वजनिक स्थालमा गुप्ताङ्ग देखाउन पाइन्दैन । अपराध संहिता अनुसार सार्वजनिक स्थालमा यौनाङ्ग देखाउन, यौन कार्य गर्न, अश्लिल क्रियाकलाप र बोल्न पाइन्दैन । यस्तो कार्य गरेको ठहर भएमा ६ महिनासम्म कैद र पाँच हजारसम्म जरिवाना वा दुबै सजायहुने ब्यबसथा रहेको छ ।

तपाईको प्रतिक्रिया