मोरङकाे कानेपोखरीका युवाले दिउसै लिङ्ग देखाएपछि…

मोरङ / मोरङ कानेपोखरीका युवाले यौन क्रिडासँग नभएर पुरुषको भिडमा नै लिङ्ग झिकेर देखाएका छन् । उनले सार्वजनिक रूपमा नै आफ्नो गुप्ताङ्ग लिङ्ग झिकेर देखाएको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मोरङ कानेपोखरी ४ को ४० बर्षिय राजु चौधरी रहेका छन् ।

उनले मंगलबार नारायण चोकमा छलफल चलिरहेको बेला लुगा खोलेर लिङ्ग निकालेर सार्वजनिक रुपमा देखाएका थिए । छिमेकी रमेश दाहाल खेतमा जाँदै गर्दा चौधरीले अश्लिल शब्दहरु बोल्दै बाटो छेकेका थिए । किन बाटो छेक्छस भन्दा मादक पदार्थ सेवन गरेका चौधरीले म यहाँको डन हुँ भन्दै कुट्ने प्रयास गरेको दाहालको भनाइ छ ।

सो बिषयमा मंगलबार बिहान छरछिमेकी सहितको छलफल भएको थियो । उक्त छलफलमा पनि राजु चौधरीले अश्लिल शब्द बोल्न नछाडेको दाहेरी पत्रमा उल्लेख छ । सम्झाउदा चित्रबहादुर राईलाई कुटपिट गर्दै समाजलाई आतंकित बनाउनुको साथै तिमिहरुले केही गर्न सक्दैनस भन्दै लुगा खोलेर लिङ्ग देखाइ दिएको बताइएकाे छ ।

मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार १० बर्ष माथि उमेरकाले सार्वजनिक स्थालमा गुप्ताङ्ग देखाउन पाइन्दैन । अपराध संहिता अनुसार सार्वजनिक स्थालमा यौनाङ्ग देखाउन, यौन कार्य गर्न, अश्लिल क्रियाकलाप र बोल्न पाइन्दैन । यस्तो कार्य गरेको ठहर भएमा ६ महिनासम्म कैद र पाँच हजारसम्म जरिवाना वा दुबै सजायहुने ब्यबसथा रहेको छ ।

तपाईको प्रतिक्रिया