ब्युटी प्याजेण्ट जिताईदिने भन्दै किशोरीमाथी यौन दुव्र्यवहार गर्ने शंकर पक्राउ

इटहरी/ पछिल्लो समय ब्युटी प्याजेन्ट भित्रका घिनलाग्दो कर्तुतहरु बाहिरिने क्रम एकपछी अर्को गर्दै बढिरहेको छ । केही साताअघि एक किशोरीले ग्राण्ड फिनालेपछी सक्सेस पार्टी गर्नुअघि आफुमाथी आयोजकबाट बलात्कार भएको बताएकि थिइन् ।

यतिबेला उनले आरोप लगाएको ब्युटी प्याजेन्ट संचालक मनोज पाण्डे पक्राउ परिसकेका छन् । यो त ७/८ बर्षअघिको कुरा भयो तर, हालै पनि यौन दुव्र्यवहार गरेको घटना सार्बजनिक भएको छ । झापामा भएको ‘मिस्टर एन्ड मिस कलेज २०२२’ का एक प्रतियोगी किशोरीले आफुलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् ।

उनलाई आयोजक संस्था शंकर आर्ट्स फाउन्डेसनका निर्देशक लालबहादुर शंकरले प्रतियोगिता जिताउने प्रलोभन देखाएर फेसबुक म्यासेन्जर तथा ह्वाट्स एपमार्फत आफूसँग नजिक भएमा प्रतियोगिता जिताइदिने भन्दै यौन दुर्ववहार गरेको किशोरीको आरोप छ । दमक निवासी १७ वर्षीय सो किशोरीले इलाका प्रहरी कार्यालयमा वैशाख २८ गते उजुरी दिइएकी थिइन् । सोही उजुरीको आधारमा प्रहरीले लालबहादुरलाई पक्राउ गरेको छ ।

प्रहरीले भने चुनावी चहलपहलमा व्यस्त भएको भन्दै तीन दिनअघि मात्र उनलाई पक्राउ गरेको हो । जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थपगरी शंकरमाथि बाल यौन दुरूपयोग कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया