सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा नगरपालिकामा अहिले नेकपा एमालेका मेयर पदका उम्मेदवार केदारप्रसाद गुरागाईकाे अग्रता रहेकाे छ । भरखरै निर्वाचन अधिकृतकाे कार्यलयले दिएकाे जानकारी अनुसार नेकपा एमालेका केदारप्रसाद गुरागाईकाे मत १७,१३८ रहेको छ। नेपाली काँग्रेसका उमेदवार मेयर शिवप्रसाद ढकालकाे १७,०२३ मत रहेको छ । जम्मा ४१,००७ मत गणना हुँदा ढकाल भन्दा गुरागाई ११५ मतकाे अन्तरले अगाडि छन्।
सुन्दरहरैंचामा मेयर पदका अन्य उमेदवारकाे भने झिनाे मत रहेको छ । त्यस्तै उपमेयर तर्फ नेकपा एमालेकी अकली चाैधरीले भारी मतका साथ अग्रता कायम गरेकी छिन् । चाैधरीकाे १७,८५१ मत रहेको छ । उपमेयरमा माओवादी केन्द्रका नबराज चापागाईकाे ९, ७६४ मत रहेको छ। सुन्दरहरैंचामा उपमेयर पदका अन्य उमेदवारकाे पनि झिनाे मत रहेको छ ।
सुन्दरहरैंचामा मेयर र उपमेयर पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको हाे । सुन्दरहरैंचामा जम्मा खसेको मत: ५१,९०५ रहेको छ। जसमा अन्तिम मत गणना हुदै गरेका वडाहरू ५,६,७ ,८, रहेको छ ।
१२ वटा वडामा विभाजन भएको तथा दुईवटा नगरपालिका समायाेजन भएर बनेकाे सुन्दरहरैंचामा मत गणना भईसकेका वडाहरू १,२,३,४ ११,१२,९ ,१० रहेका छन् । गठबन्धनलाई पछि पार्दै सुन्दरहरैचामा एमालेले अहिले भने अग्रता लिएको छ ।