महोत्तरी / महोत्तरीको गौशाला नगरपालिकामा मतगणना सुरू भएको छ । वडा नम्बर १ बाट मतगणना सुरू गरेकाे निर्वाचन अधिकृत मदनप्रसाद जयसवालले जानकारी दिए ।
गौशाला नगरपालिकामा पुरुष १४ हजार पाँच सय ३९ र महिला १३ हजार आठ सय ३३ गरी जम्मा २८ हजार तीन सय ७२ मत खसेको छ नगरपालिकामा कूल मतदाता ३७ हजार सात सय १६ रहेको छ ।