इटहरी उपमहानगरपालिका : कुन वडामा कति खस्यो मत (सूचि सहित)

इटहरीका सबै मतदान केन्द्रबाट आएका मतपेटीका सांस्कृतिक भवनमा ल्याइदै

इटहरी / इटहरी उपमहानगरपालिकाका १११ केन्द्रहरुमा शान्तिपूर्ण तरिकाबाट मतदान सम्पन्न भएको छ । करिब ७० प्रतिशतको मत खसेको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ । वडागत रुपमा हेर्दा ४ हजार १ सय ९२ मतदाता रहेको इटहरी वडा नम्बर १ मा ३ हजार ९१ मत खसेको छ भने साढे १० हजार मतदाता भएको इटहरी २ मा ७ हजार १ सय २३ मत खसेको छ । उता ३ हजार ९ सय ५८ मतदाता रहेको वडा नम्बर ३ मा २ हजार ९ सय ३१ मत खसेको छ । वडा नम्बर ४ मा ५ हजार ८ सय २५ मत खसेको छ भने वडा नम्बर ५ मा ७ हजार १ सय ६३ मत खसेको निर्वाचन अधिकृतको कार्यलय इटहरीले जनाएको छ ।

त्यस्तै इटहरीको बजार क्षेत्र ओगटेको वडा नम्बर ६मा ३ हजार ४१ मत खसेको छ भने वडा नम्बर ७ मा २ हजार ५ सय ७ मत खसेको छ । यहाँ ३ हजार २ सय १७ मतदाता छन् । सयैगरी वडा नम्बर ८ मा ४ हजार ५० मत खसेको छ । इटहरी ९ मा ३ हजार ८९ मत खसेको छ । ४ हजार ६ सय ९ जना मतदाता रहेको इटहरीको वडा नम्बर १० मा २७६० मत खसेको छ । वडा नम्बर ११ मा २ हजार २ सय ९० मत खसेको बताईएको छ । यता १ हजार ९ सय ३७ मतदाता भएको इटहरी १२ र ४ हजार ३ सय ७२ मतदाता भएको वडा नम्बर १३ मा क्रमश १ हजार ५ सय १६ र ३ हजार ५ सय ३७ मत खसेको छ । इटहरी उपमहानगरको वडा नम्बर १४ मा २ हजार ७ सय ९७ मत खसेको छ ।

त्यसैगरी वडा नम्बर १४ मा ३ हजार ४ सय ९२ मतदाता छन् । वडा नम्बर १५ मा १ हजार ६ सय ७६ मत खसेको छ । ५ हजार ३ सय ९१ मतदाता रहेको वडा नम्बर १६ मा ४ हजार २ सय १८ र १७ मा ४ हजार ६ सय ५५ मत खसेको छ । इटहरी १८ मा २ हजार ६ सय ५५, इटहरी १९ मा ४ हजार १ र वडा नम्बर २०मा ४ हजार ९ सय १६ जनाले मतदात गरेको निर्वाचन अधिकृतको कार्यलय इटहरीले जनाएको छ । इटहरी उपमहागरमा जम्मा १ लाख ४ हजार ८ सय ९१ मतदाता छन् ।

इटहरीका सबै मतदान केन्द्रबाट आएका मतपेटीका सांस्कृतिक भवनमा ल्याइदै

इटहरी उपमहानगरपालिकाको सबै मतदान केन्द्रबाट ल्याइने कार्य भइरहेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इटहरी १११ वटा मतदान केन्द्रबाट ल्याइएका मतपेटिका इटहरीको सांस्कृतिक भवनमा राख्ने कार्य भईरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया