आईपीएलमा मुम्बईको तेस्रो जित

काठमाडौं। चेन्‍नई सुपर किङसलाई ५ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा मुम्बई इण्डियन्सले तेस्रो जित निकालेको छ। बिहीबार राति चेन्‍नईले दिएको ९८ रनको लक्ष्य मुम्बईले १४ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गरेकाे हाे।

मुम्बईको जितमा तिलक वर्माले सर्वाधिक ३४ रन बनाए। चेन्‍नईका मुकेश चौधरीले ३ विकेट लिए। त्यसअघि मुम्बईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्‍नईले १६ ओभरमा सवै विकेट गुमाउँदै ९७ रन बनाएको थियो।

चेन्‍नईका कप्तान महेन्द्र सिंह धोनीले सर्वाधिक ३६ रन बनाए। मुम्बईका डानिल साम्सले ३ विकेट लिए। जितसँगै मुम्बईले १२ खेलमा ६ अंक जोडेर पुछारमा छ । चेन्‍नई १२ खेलबाट ८ अंक जोडेर नवौं स्थानमा छ।

तपाईको प्रतिक्रिया