साइकल चढेर भोट माग्दै हेमकर्ण ! (तस्विरहरू सहित)

इटहरी / इटहरी उपमहानगरपालिकाको मेयर सत्ता गठबन्धनबाट मेयर पदमा उम्मेदवारी दिएका हेमकर्ण पौडेल चुनावी प्रचार तथा घर दैलो कार्यक्रममा रहेका छन् । इटहरीमा गठबन्धनले संयुक्त रूपमा उम्मेदवारी दर्ता गराएकाले गठबन्धनका उम्मेदवार सहित उनी घर दैलो कार्यक्रममा हिन्ने गरेका छन् । इटहरीकाे मेयरको कडा प्रतिस्प्रर्धीकाे रूपमा हेरिएका पाैडेलले विभिन्न माध्यमबाट चुनावी प्रचार प्रसार गरिरहेका छन् । बिहीबार उनले इटहरी १० आँपझाेकी चोकमा फरक तरिकाले चुनावी प्रचार गरेका छन् । इटहरीका जनताको भावना सँग जोडिएको साइकलमा सवार गरेर उनी घरदैलो कार्यक्रममा सहभागी भएका हुन् । इटहरीका जनताको भावनाको प्रतिनिधित्व हुने भएकाले साइकलमा सवार गरेको पाैडेलले बताएका छन् । उनले भने” साइकल हाम्रो ग्रमिण भेगको प्रमुख सवारी साधन हो, विकासका आधारभूत कुराहरू प्राप्त नभएकाे स्थानमा आउदा साइकलमा आउनु राम्रो हुन्छ भन्ने लागेर आएको हो ।”

त्यसै गरी इटहरीमा बर्षाैँ देखि रहेका समस्यालाई समाधान गर्ने प्रतिबद्ध गरेको समेत बताएका छन् । इटहरीमा गठबन्धनको सरकार निर्वाचित भए पश्चात् सबै खालका विभेदको अन्त्य भएको घोषण गरेर अगाडि बढ्ने उनको भनाइ रहेको छ । इटहरीकाे प्रमुख समस्याका रूपमा रहेको बाढीको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने समेत उनले बताएका छन् ।

बि.स २०३५ सालमा झापाको कोरोबारीमा जन्मिएका पौडेल २०४६ सालदेखि सुनसरीको इटहरीमा बसोबास गर्दै आएका कुशल राजनैतिक तथा सामाजिक ब्याक्तिकोरूमा चिनिन्छन् । उनी इटहरीको भूगोल र रहनसहन सँग परिचित छन् । इटहरीका रैथाने बनी सकेको पौडेलले काँग्रेसका नाममा कीर्तिमान कायम गर्ने इटहरी भित्र पहिलो नेतामा पर्छन् ।

सधैँ एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले स्ववियु जित्ने जनता बहुमुखी क्याम्पसमा नेविसंघको तर्फबाट स्ववियु सभापति जितेका पौडेलले काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलको जिल्ला सचिवसम्म भएर काम गरे । समय सापेक्ष घटनाक्रम र विषयवस्तुमा प्रखर भाषण गर्ने र कुशल वक्ताको रूपमा परिचय बनाएका पौडेलले पार्टीको इटहरी नगर सदस्य हुँदै २ कार्यकाल सभापतिको जिम्मेवारी सम्हालिसकेर तेस्रो कार्यकाल पनि उनले नै नेतृत्व गरिरहेका छन् । इटहरीका ग्रामीण बस्ती बस्तीमा केटाकेटी देखि,युवा, प्रौढ र ज्येष्ठ नागरिकहरू माझ लोकप्रिय बनेका हेमकर्ण आफ्नो दैलोमा उपचार, रोजीरोटी र विभिन्न समस्या परेर सहयोग माग्न पुग्ने कसैलाई खाली हात नपठाउने स्वभावकै कारण नगर बासी माझ लोकप्रिय बनेका छन् ।

मानवताका मामिलामा पार्टी नहेरी निस्वार्थ जनताको सेवामा समर्पित भएकै कारण पौडेल सबै उमेर समूहमा लोकप्रिय भएको हेमकर्ण समर्थक नेता कार्यकर्ताको बुझाई छ । पार्टीमा मात्र नभएर अन्तर पार्टी सम्बन्ध तथा समन्वयमा समेत शालीन र प्रभावशाली देखिएकाले पौडेलको विकल्प नभएको कार्यकर्ताहरूको दाबी छ ।आफ्नो निवासमा नियमित विभिन्न सहयोग माग गर्दै पुग्ने जो कोहीलाई कुनै न कुनै सहयोग गरी कार्यकर्ता संरक्षण गर्ने चरित्रकै कारण पौडेल प्रतिको कार्यकर्ताको क्रेज दिनप्रतिदिन बढ्दो छ ।

पौडेलको उद्देश्य काँग्रेसलाई गरिबको पार्टी, समावेशी जनजाति, आदिवासी, थारु, मधेसी, मुस्लिम, दलितको पार्टी, आवाजबिहिनहरुको पार्टी बनाउनु हो । पौडेलको पहिलो राजनीतिक एजेन्डा इटहरीमा काँग्रेसलाई पहिलो पार्टी बनाउनु हो ।

तपाईको प्रतिक्रिया