मतदाता तथा जेष्ठ नागरीकको आर्शिवाद लिदै गठबन्धन तर्फ इटहरी ६ का वडाध्यक्ष उम्मेदवार दिवश पोखरेल

इटहरी । सुनसरी जिल्लामा पनि चुनावी सरगर्मी बढे सगैँ आगामि बैशाख ३० गते हुने स्थानिय चुनावको निवार्चलाइ जोडेर सुनसरीको विभिन्न स्थानिय तहमा विभिन्न राजनिति दल र दलका उमेद्वारहरु सर्वसाधरण मतदाताहरुको घर दैलोमा मत माग्ने क्रम बढेको देखिन्छ ।

सुनसरीमा दुइ वटा उपमहानगरपालिका , चारवटा नगरपालिका र छ वटा गाउँपालिका गरी १२ वटा स्थानिय तहमा चुनाव हुन लागि रहेको छ । यस क्रममा इटहरी उपमहानगरपालिकाको निर्वाचनका लागि उमेद्वारहरुले घर दैलो कार्यक्रमलाइ तिब्रता दिइएका छन ।

गठबन्धनको तर्फबाट नेपालि काँग्रेसका प्रमुख पदका उमेद्वार हेमकर्ण पौडेलको नेतृत्वमा गठबन्धनकाे टाेली घर दैलो अभियानमा छ भने नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट याम सुब्बाको नेतृत्वमा मतदाताहरुको घर दैलो अभियानमा प्रचालित भएको देखिन्छ ।

गठबन्धनको तर्फबाट इटहरीको मुटुको रुपमा मानिएको इटहरी वडा न ६ को वडा अध्यक्षका उमेद्धवार तथा इटहरीका प्रभावशाली तथा लाेकप्रिय सामाजिक व्यक्तित्व दिवश पोखरेलले वडा नम्बर ६ को घर दैलो कार्यक्रममा र्सवसाधारण मतदाता र जेष्ठ नागरीकहरुको आर्शिवाद लिदै इटहरीको समग्र सम्मृदि बिकाश र परीर्वतन सगै ब्यबस्थित गर्नका लागि आफ्नो पक्षको उमेद्वारी दिएको बताएका छन ।

विशेष गरी सङ्घियता कार्यन्वयनको ५ वर्षको कार्यकालमा स्थानिय तहको विकास र बिस्तारको सवालमा प्रभावकारी विकाश नभएको भन्दै सर्वसाधरणहरुले परिर्वतन चाहेको र इटहरीबासी लाई जस्ले बुझ्ने छ , जस्ले सकारात्मक परिर्वतन ल्याउने छ त्यसलाइ भोट दिने स्थानियबासी सुबास थापा मगरले बताए ।

त्यसै गरी इटहरीनगरवासीहरुको हकहितमा राम्रो काम गरी बिकास सगै समृद सहरका रुपमा बाटो , पुल, शिक्षा, स्वास्थय समग्ररुपमा बिकाश उन्मुख नेतालाइ भोट दिने स्थानियबासी स्याम ढुङ्गाना बताउछन । इटहरी उपमहानगरपालिकाका क्षेत्रमा विभिन्न ठुला दल सगै साना दल तथा स्वतन्त्र उमेद्वारहरुले पनी सर्वसाधरण मतदाताहरुको घर दैलोमा पुगेर भोट माग्ने क्रमलाई तिव्रता दिएका छन् ।

तपाईको प्रतिक्रिया