धरान १० मा तरुण दल पुन: गठन, ८१ युवा कांग्रेसमा प्रवेश

धरान / धरान १० मा नेपाली कांग्रेसको सशक्त भ्रातृ संगठनको रुपमा रहेको नेपाल तरुण दलको पुनः गठन कार्यक्रम भएको छ । धरान- १० को पञ्चायत मावीमा भएको तरुण दलको पुनः गठन कार्यक्रममा तरुण दल धरान १० को अध्यक्षमा विज्ञान लिम्बू निर्विरोध चयन भएका छन्\। यसअघि पनि उनी अध्यक्ष रहेका थिए ।

यस्तै, तरुण दलको उपाध्यक्षमा उज्वल हलुवाई, सचिवमा विद्यान राई, कोषाध्यक्षमा संजय लिम्बू गरि सदस्यमा क्रमशः धनकुमार लिम्बू, प्रशान्त गिरी, साइरस राई, बिशाल राई र बिनिस लिम्बू रहेका छन्।

यस्तै, दलको सल्लाहकारमा आशिष राई रहेका छन् । युधिर गुरुङको नेतृत्वमा आज धरान १० का ८१ जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाल तरुण दल सुनसरी क्षेत्र नं १ का क्षेत्रिय सभापति गणेश लिम्बूले जानकारी दिए ।

कार्यक्रम नेपाल तरुण दल सुनसरी जिल्लाका उपाध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सन्तोष विकको प्रमुख अतिथिमा भएको थियो । कांग्रेसमा प्रवेश गरेकालाई नेपाली कांग्रेस महासमिति सदस्य कृष्णकला मादेन र वडा नं १० की गठबन्धनबाट वडाअध्यक्ष उमेरद्वार रुपा राईले अबिर र खदा लगाएर नेपाली कांग्रेसमा स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया