महिला राष्ट्रिय फुटबल टिमकी पूर्वखेलाडी थापाको निधन

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी पूर्वखेलाडी नन्दाकला थापाको निधन भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का सदस्य तथा टिम म्यानेजर मधुसुधन उपाध्यायले थापाको निधन भएको जनाएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत उपाध्यायले थापाको निधन भएको जनाएका हुन् । थापा नेपाल महिला फुटबल सङ्घको सहायक कोषाध्यक्षसमेत रहेकी थिइन् ।

तपाईको प्रतिक्रिया