टिकटकले हटाइदियाे ६५ हजार पाकिस्तानी भिडियोहरू

एजेन्सी । पाकिस्तानीले बनाएका ६५ हजार भिडियो टिकटकले हटाइदिएको छ । छोटा भिडियो पोस्ट गर्न मिल्ने सामाजिक सञ्जालको रुपमा रहेको टिकटकबाट हिंसा भड्काउन सघाउ पु¥याउने भिडियोहरू हटाएको जनाइएको छ ।

टिकटककै सामाजिक निर्देशिका अनुसार पनि ती भिडियोहरू राखिरहनु उपयुक्त नहुने ठानेर हटाइएको हो । अति धेरै भिडियोहरु एकै चरणमा हटाइएका देशहरूमध्ये पाकिस्तान तेस्रो भएको समाचारमा जनाइएको छ ।

हालै सार्वजनिक भएको सामाजिक निर्देशिका उलङ्घनसम्बन्धी प्रतिवेदनका अनुसार पाकिस्तानीले बनाएको ६५ लाख ६३ हजार ५९४ ओटा भिडियो हटाइएको हो । सोही अवधिमा कूल आठ करोड ५७ लाख ९४ हजार २२२ ओटा भिडियो हटाइएको छ । सामाजिक सञ्जालको रूपमा टिकटक पछिल्लो समय दिनप्रति दिन लोकप्रिय हुँदै गइरहेको छ । सोही अनुपातमा विकृति र विसङगति पनि बढिरहेको पाइएको छ ।

तपाईको प्रतिक्रिया