मोरङको उखुबारीमा पुरुषको शव फेला

विराटनगर / मोरङको धनपालथानकाे उखुबारीमा एक पुरुषको शव फेला परेको छ । उखुबारी भित्र रहेका शंकास्पद दुईवटा खाल्डामध्ये एउटामा पुरुषको शव फेला परेकाे हाे ।

बुधबार किसानले उखुबारी भित्र खाल्डो खनेर पुरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेकाे प्रहरीले जानकारी दिएकाे छ । अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला पारेको छ । शवको प्रकृति हेर्दा हत्या गरी गाडेको हुनसक्ने प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया