सरकार लक डाउनको पक्षमा नरहेको स्वास्थ्य मन्त्रीको स्पष्टोक्ती

इनरुवा / स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार लक डाउनको पक्षमा नरहेको स्पष्ट पारेका छन । मन्त्री खतिवडाले विगतको पाठ सिकेर अघि बढेको वर्तमान सरकार जनताको पक्षमा रहेको भन्दै गरिखाने बाटा बन्द गर्ने पक्षमा आफुहरु नरहेको बताए । जिल्ला प्रशासन कार्यालय सुनसरी पुग्नु भएका मन्त्री खतिवडाले ओमिक्रोनको सामना गर्न सरकार सक्षम रहेको समेत बताए ।

सो क्रममा उनले प्रयाप्त स्रोत साधनको उपलब्धता रहेकाले ओमिक्रोन सँग जुध्न सरकार सक्षम रहेको बताए । ओमिक्रोन यस अघिका भेरियन्ट भन्दा कमजोर रहेको बताएका मन्त्री खतिवडाले स्वयं सावधानी अपनाउन सके आइपरेको समस्या बाट सहजै पार पाउन सकिने धारणा राखेका छन । उनले कोरोनाको सम्वन्धमा अवस्था हेरेर स्थानीय प्रशासनले आफु पायक निर्णय लिन सक्ने समेत बताए ।

सबैलाई खोप दिलाउने लक्षमा अघि बढेको सरकार पूर्ण खोप लगाएकाको हकमा बुस्टर डोजमा पुगेको भन्दै मन्त्री खतिवडाले बालबालिकाको लागि समेत छिट्टै कोरोना खोप उपलब्ध गराइने बताएका छन । उनले कोरोनाको बढ्दो संक्रमणको अवस्थालाई मनन गरेर स्थानीय तहले सोही अनुरुपको तयारी थाल्नु पर्ने समेत बताए ।

तपाईको प्रतिक्रिया