सुनसरी एमाले अध्यक्षमा भण्डारी प्यानल विजयी, कमजोर देखिए द्वारिकलाल चौधरी

सुनसरी / नेकपा एमाले सुनसरी जिल्ला कमिटी सातौं अधिवेशनबाट अध्यक्षमा रेवतीरमण भण्डारी विजयी भएका छन् । निकै लामो संर्घषपछि चुनावी मैदानमा अन्य दुई प्रतिष्पर्धीलाई पछि पार्दै उनी अध्यक्ष भएका हुन् ।

भण्डारीले ९२० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खेमराज पोखरेल ७७५ र द्धारिकलाल चौधरीले ८० मत मात्रै पाए । पार्टीभित्र आफ्नो बलियो प्रभाव रहेको दाबी गर्ने चौधरीको मत निकै कम आएको छ ।

यस्तै उपाध्यक्षमा भण्डारी प्यानलबाट निलम खनाल निर्वाचित भएका छन् भने सचिवमा परशुराम यादव निर्विरोध भइसकेका थिए । उपसचिवमा राम कोइराला र योग्यराज खड्का निर्वाचित भएका छन् । यादव, कोइराला र खड्का भण्डारी समर्थक हुन् । यो नतिजा देखिएसगैं अन्य पदमा पनि भण्डारी समर्थक नेताहरु विजयी बन्ने संकेत देखिएको छ । विजयी र पराजित उम्मेदवारहरुले पाएको मत परिणाम यस्तो छ-

जम्मा मतदाता : १८०५

अध्यक्ष

रेवती भण्डारी – ९२० , खेमराज पोख्रेल – ७७५, द्वारिकलाल चौधरी- ८०

उपाध्यक्ष

नन्दकुमार बस्नेत -७०० , निलम खनाल – १०११

उपसचिव

अन्जनीकुमार पोख्रेल – ४९७, अर्जुन गहतराज – २२९, पदमप्रशाद लिम्बु – ५२५, योग्यराज खड्का – ५६३, लहरुमाया जिमी – २४९, लोकेश निरौला – ४८४,
राम कोइराला – ८२१

तपाईको प्रतिक्रिया