गोधुली रनिङ कप फुटबल: धरानको वडा नं. ८, १५, ११ र १९ विजयी

धरान \ धरानमा भइरहेको गोधुली फुटबल रनिङ्ग कप अन्तर्गत आज भएको खेलमा धरान ८, १५, ११ र १९ विजयी हुदै सबै टिम क्वाटर फाइनल प्रवेश गरेका छन् ।

आज भएको पहिलो खेलमा धरान–८ ले धरान ९ लाई ३–० गोल अन्तरले पराजित गरेको छ । ८ नं. वडाका लागी आमोद माझीले २ र सविन राना मगरले १ गोल गरे । माझीले खेलको १८ औ मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । त्यस्तै सविन राना मगरले खेलको २९ औं मिनेटमा गोल गरेका थिए । खेलको अन्तिम मिनेटमा गोल गर्दै माझीले व्यक्तिगत २ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच वडा नं. ८ का मदन लाबुङ घोषित भए । उनलाई नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै गरी आज भएको दोस्रो खेलमा जित हात पार्दै वडा नं. १५ क्वाटर फाइनलमा प्रवेश गरेको छ । १५ नं. वडाले १० नं. वडालाई २–० ले पराजित गरेको छ । १५ नं. वडाकालागी सुवास मगर र सुगम जिमीले गोल गरे । खेलको म्यान अफ द म्याच वडा नं. १५ का सुगम जिमी घोषित भए । उनलाई नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो । आज भएको तेस्रो खेलमा वडा नं. ११ ले वडा नं. १७ लाई २–० ले पराजित ग¥यो । ११ नं. वडाका रिवस मास्केले खेलको ८ मिनेटमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको २५ औं मिनेटमा १७ नं. वडाका नगेन्द्र विकले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । तर एक मिनेट वित्न नपाउदै ११ नं. वडाका दावा शेर्पाले गोल गर्दै ११ नं. वडालाई २–१ को अग्रता दिलाए । पहिलो हाफ २–१ ले पछि परेको १७ नं. वडाले दोस्रो हाफमा दर्जनौ आक्रमण ११ को गोलपोष्टमा गरेको थियो । तर गोल गर्न भने सकेन । १७ नं. रोक्न ११ नं. वडाका गोल किपर प्रदीप जिमी बलियो खम्बा देखिए । एकपछि अर्काे आक्रमण विफल पारेको जिमी म्यान अफ द म्याच घोषित भए । उनलाई नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो ।

आज भएको अन्तिम खेलमा जित हात पार्दै वडा नं. १९ पनि क्वाटर फाइनलमा प्रवेश गरेको छ । १९ नं. वडाले २० नं. वडालाई ४–० गोल अन्तरले पराजित गरेकोछ । १९ नं. वडाकालागी इन्चन राईले २ गोल गरे भने आयाम राई र विनोद राईले एक एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच १९ नं. वडाका विनोद रार्ई घोषित भए । उनलाई पनि नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो ।

भोलीको पहिलो खेल वडा नं. १६ र ७ बीच दिउसो १ बजे र दोस्रो खेल वडा नं. ६ र १३ बिच दिउसो ३ बजे धरान रंगशालामा हुने भएको छ । प्रतियोगिता सम्पन्न गर्न धरान उपमहानगरपालिकाले निरन्तर संयोजन गरेको छ भने गोर्खा ब्रुअरी प्रालिले पनि निरन्तर रुपमा प्रायोजन गरिरहेको क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिनुभएको छ । प्रतियोगिताको विजेताले नगद रु १ लाख ५० हजार र उपविजेताले नगद रु. ७५ हजार पुरस्कार जित्ने तथा शिर्ष आठ टिमले लिग गेम खेल्न पाउनेछन् ।

तपाईको प्रतिक्रिया