न्युरो अस्पताल विराटनगरसँगको सहकार्यमा शान्तिधामको नि:शुल्क स्वास्थ्य शिविर

उदयपुर / न्युरो अस्पातल विराटनगरसँगको सहकार्यमा शान्ति धाम समिति गाईघाटले एकदिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ ।

शान्ति धाम समितीले राष्ट्रिय युवा अभियान नेपालको विशेष पहलमा न्युरो अस्पातल विराटनगर, त्रियुगा नगरपालिका, उदयपुरको संयुक्त आयोजनामा समितिकै परिसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । त्रियुगा नगरपालिकाकी नगर उपप्रमुख देवीकुमारी चौधरीकले शिविरको शुभारम्भ गरेकी थिइन् । एक दिने शिविरमा तीन सय ८० महिला र दुई सय ५८ पुरुष गरी कुल ६ सय ३८ जनाले स्वास्थ्य परीक्षण गराएको शान्ति धाम

समिति गाईघाटका जागेश्वर साहले बताए ।

तपाईको प्रतिक्रिया