बागबजारको रेडलाइन एरियामा कसो फसिएन : नवराज मैनाली

काठमाडौं यात्रा २०७८/६/११
म वैदेशिक रोजगार बिभागमा एक सुनसरीका साथिको समस्या हल गर्न गएको थिए।साथी चौधरी थरका हुन्।बिगत बाह्र बर्ष अघि साथिले धनुषाकि एक साह थरकी महिला सँग लेन्देन गर्दा उनले २लाख लिएकोमा चारलाखको काज वैदेशिक रोजगार सम्बन्धि बनाएको रहेछ।ती महिला एउटा सानो कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य रहिछन।उच्च प्रहरीअधिकारीहरुको धम्किदिने सामाजीक अभियान्ता बताउने महिला अधिकारकर्मी हुँ भन्ने र यसरी पैसा दुइको चार बनाउने कानुनी प्रक्रिया गर्ने र दिएको पैसाको हिसाब किताब नगर्ने गरेको कागज फिर्ता नगर्ने र अन्त्यमा ब्लाकमेल गर्ने गर्दी रैहिछिन।उनी सँग एउटा गिरोहनै रहेछ।यहि कारणले मलाई साथिले सहयोग माग्दा मेरो काठमाडौं यात्रा तय भएको थियो।दाङका एक चौधरी ,र काठमाडौकै एक नेवार भाइले मलाईसाझमा बागबजार छोडे र दाजु हामी भोलि यहि रिसिभ गर्छौ भने।सिमसिम पानीले भिजेको शरीर गलेको उस्तै बस्ने रुम नभेटिएको तनाव भएको अवस्था।मैले नजिकैको किराना पसलमा रुम सोध्न अघि बढे त्यहाँ पुग्ने बित्तिकै एक युवती छाता ओढेर मेरो अघि आइन र रुम खोजेको हो भनिन मैले हो भने ऊ त्यहाँ छ म ढुक्क भए।

होटलको सिंढिमुनी काउण्टर थियो मैले बिल काँटे घाँटी सुकेको र भोकले हुरुक्क भएको हुनाले पानी र खानाको अडर गरें।ती ती युवती सरासर माथी चढिन मैले सोचे होटलवाली हुन बेडसिट चेन्ज गर्न गएकी भन्ने लाग्यो।म पनि रुम भित्र पसे म पस्ने बित्तिकै ती युवतिले ढोका लगाईन म छक्क परे अनि सोधे बैनी तिमी होटलवाली हैन ?होइन भनिन अब म छक्क परे अनि को हौं किन यसरी ढोका बन्द गरेको भने।तपाईं चुप लाग्नु मैले सवै मिलाएको छु तपाईं लुगा फेर्नु र काम गर्नु मलाई पैसा दिनु भन्दा म छाँगाबाट खसे जत्तिकै भए।अनि अनुरोध गरे तिमी यहाँ बाट जाउ म निक्कै गलेको छु मलाई चिसो लागि सक्यो भनेर सम्झाए।तर ढिट गर्दै मलाई अनेकथरी भन्दै पैसा मागेपछी मेरो धर्यताको सिमानाघेपछी दुई झाइपड र एक मुक्का हानेर होटलवाला लाई बोलाए उ आत्तिएर आयो मैले प्रहरीलाई खवर गर्छु यो केपारा हो भने पछि होटलवाला डरायो मलाई अनुनयबिनय गर्न थाल्यो अनि फेरि एकलात्ती हाने त्यो युवतिलाई त्यत्तिकैमा म भक्कानिएछु आँसु आखामा बग्न थाले शरीर काम्न थाल्यो अनि तिमी को हौ म चिन्दिन तिमिलाई अफ्ठ्यारो परेको छ भने लु यो पाँच सय लैजाउ भनेर ती युवतीलाई खेदाए।होटलवाला गुल्मिका खरेल रहेछन निक्कै आत्तिएका थिए ।

खाना पनि रुचेन निन्द्रापनी लागेन तनाव भयो।म मा ठूलो जिम्मेवारी थियो।साथिको चानचुन पाँचलाख बोकेको थिए कागजपत्र सवै थिए।बिहान उठे नुहाउने र फ्रेसहुने काम भयो मुनि ओर्लिए ती होटलवाला भन्दै थिए दाजु हिजोको घटनालाई इशु नबनाई दिनु भन्दै अनुरोध गर्दै थिए म चुपचाप बसे केही बोलिन। ड्नेबेलामा भने भाइ सवै पुरुष गतिछाड्ने हुदैनन् योकुरामा ध्यान पुराउनु भने।उस्ले मुन्टो हल्लाएर सांकेतिक शैलिमा हुन्छ भने।कस्लाई यो कुरा भनौ भन्ने लाग्यो उकुसमुकुस भयो र Rasuwaali kawi लाई फोन गरे उनले भृकुटीमण्डपमा भेटौं भने भेट भयो मैले घटना सवै सरसर्ती भने उनी फिस्स हाँसे।उन्ले भने त्यो त रेडलाईट एरिया हो तपाईं कसो फस्नु भएन त्यहाँ त अपहरणनै गर्छन्।अनि एन्जिओका महिला अधिकारकर्मी भन्नेहरुनै यस्का गिरोह छन ।

Rasuwaali kawiको कुराले म झसंग भए ।यदि साच्चै अधिकारको कुरा गर्ने भए प्राविधिक शिक्षा किन दिदैन राज्यले?राज्यलाई दवाव दिन किन मान्दैनन् ती महिला अधिकारकर्मी ?खाली अंश दिलाउन,सम्बन्ध बिच्छेद गराउन,घर झगडा मिलाउन मात्रै अधिकारको कुरा गर्ने हो?कि सञ्चार माध्यममा आफुलाई आफ्नु तस्वीर देखाउन मात्रै अधिकारको कुरा गर्छन् ?यस्ता खास गिरोहले गर्दा वास्तविक लिङ्ग ,वर्गको अधिकार दिनानुदीन ओझेल पर्दैछ।मैले माथी उल्लेख गरेजस्तो महिलाहरुले पार्टिको झण्डाको आडमा नितिनियम विरुद्ध काम गरिरहेका छन।अनि आफुलाई पुरुषको तक्मा भिडेकाको त्यही हालत छ।घरमा छोरीको स्कुल फिस तिरेको हुँदैन आफ्नै श्रीमतिलाई बिमारी भएको बेला एक गिलास पानी तताएर दिन नसक्नेले पैसार र पावरको उन्मादले परस्त्रीको दास बनिरहेको हुन्छन।यौन र प्रेमको आनन्द धन दौलत र मादक पदार्थमा हुँदै।पैसा तिरेर होटल तिर यौनमा तल्लिन हुनेहरुले यौनको भोक मेटाउन हैन महिलाहरुलाई प्रयोगशाला बनाइ रहेकाछन।मानिसको खुशी र आनन्दमा मात्रै प्रेम भेटिन्छ भने दुई बिपरित लिङ्गको आकर्षणले मात्रै यौन आनन्द मिल्छ ।

त्यसैले यस्ता कुरा साना भएतापनी समाज निर्माणमा महत्त्व राख्दछ।तपाईहामी सवै कुरिती,बिकृती,बिसंगतिको विरुद्ध लागौं।स्वच्छ समाज निर्माणको अभियानमा हामी एकजुट हौं ।

तपाईको प्रतिक्रिया