तालतलैयालाई देशकै प्रमुख गन्तव्य बनाउन सकिन्छ : अध्यक्ष खनाल

इटहरी / इटहरीमा रहेको ताल तलैया प्रदेश १ कै उत्कृष्ट पर्यटकीय स्थलको रूपमा स्थापित छ । इटहरी उप महानगरपालिका वाड न २ र ३ मा पर्ने यो स्थानलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा हेरिएको छ । ७५ दशमलव ७६ हेक्टर क्षेत्रफलमा फैलिएको यस स्थानको आकर्षणको रूपमा बाल उद्यान, वनभोज स्थल, जङ्गली जीवजन्तु, मूर्तिकला तथा रमणीय सुन्दर ताल रहेका छन् । शनिवार तथा बिदाको दिन नेपाल तथा भरताका विभिन्न स्थानबाट दैनिक दश हजार भन्दा धेरै पर्यटक आउने गरेका छन् ।

ताल तलैयामा सम्पन्न ८ औँ साधारणमा भएको निर्वाचनबाट अध्यक्षमा लक्ष्मीप्रसाद खनाल अध्यक्षमा विजयी भएका छन् । खनालले निकटतम प्रतिद्वन्द्वी राजु बस्नेतलाई २ मतकाे अन्तरले पराजित गर्दै विजय प्राप्त गरेका हुन् । कार्यसमितिमा अध्यक्षका उमेद्वार खनालको प्यानल नै विजयी भएको थियाे ।

तपाईको प्रतिक्रिया