सुन्दरहरैंचामा सुकुना माविकाे विविध कार्यक्रम सहित स्वर्ण महोत्सव समापन

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा १० स्थित सुकुना माध्यमिक बिद्यालयकाे पुष १गते देखि सञ्चालन भएको स्वर्ण महोत्सव समाराेह विविध कार्यक्रम सहित बुधबार समापन भएको छ । सुकुना माविकाे स्वर्ण महाेत्सव समापन समारोहमा प्रमुख अतिथि प्रदेश सभा सदस्य लाेकप्रसाद संग्राैला थिए । कार्यक्रममा समापन समारोह, प्रशंसापत्र र पुरस्कार वितरण गरिएको थियाे। समापन समारोहमा अभिनन्दनपत्र अक्षयकाेष दाताहरु मा. चन्दबहादुर गुरुङ तथा बालकृष्ण आचार्यलाई वितरण गरिएको थियाे । कार्यक्रममा दीर्य सेवाप्रदान गर्ने शिक्षक कर्मचारीहरुलाई कदरपत्र र प्राेत्साहन ग्रेड वितरण साथै विभिन्न उपसमितिमा रहेका शिक्षक कर्मचारीहरुकाे प्रंशसा पत्रवितरण गरिएको थियाे ।

समापन समाराेहमा विदाइ कार्यक्रम अन्तर्गत विद्यालयका सेवानिवृत कर्मचारी काेपिला डाँगीलाई विद्यालयकाे तर्फबाट नगद सहित सुनकाे अाैठीका साथमा कदरपत्रले उच्च सम्मान गरिएको थियाे । स्वर्ण महाेत्सव समापन समारोहमा नगद पुरस्कार सहित कलाकार विक्रमश्रिलाई विशेष सम्मान गरिएको थियाे । सुकुनाकाे स्वर्ण महाेत्सव समापन समाराेहमा अतिरिक्त तथा खेलकुद कार्यक्रमकाे पुरस्कार वितरण ,सांस्कृतिक प्रस्तुति , चन्दादाता तथा भु.पु विद्यार्थीहरुलाई अभिनन्दन गरिएको थियाे ।

समारोहमा शैक्षिक तथा विज्ञान प्रविधि अवलाेकन , विभिन्न उपसमितिमा रहेका विद्यार्थीहरुलाई प्रशंसा पत्रवितरण गरिएको थियाे। स्वर्ण महाेत्सव समापन समाराेहमा विद्यालयका प्रअ लक्ष्मीकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए । समाराेहमा डाेलेश्वर तिम्सिना , माेदिनी अधिकारी , राजेन्द्रबहादुर बुढाथोकी लगायतले बाेलेका थिए । कार्यक्रमकाे सञ्चालन राजेन्द्रप्रसाद गिरि तथा हिक्मतबहादुर बस्नेतले गरेका थिए ।

नेपाली तथा अंग्रेजी दुबै माध्यममा कक्षा संचालन गर्दै आएको विद्यालयले स्थापनाको ५० औं बर्ष पुगेको उपलक्ष्यमा स्वर्ण महोत्सव मनाएकाे हाे । महाेत्सवकाे विधिवत रुपमा उद्घघाटन भने प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले गरेका थिए ।२०७६ सालको कक्षा १२ को परीक्षामा राष्ट्रिय रुपमा दोस्रो स्थान बनाउन सफल यो विद्यालयमा १ सय ३१ जना शिक्षक तथा २१ जना कर्मचारी कार्यरत रहेको तथा ४ हजार ५ सय भन्दा बढी बिधार्थी अध्यनरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर न्याैपानेले जानकारी दिए । उनले स्वर्ण महोत्सव सफल बनाउन २ हजार ५ सय १ सदस्यीय मूल समारोह समिति गठन गरिएकाे समेत बताए ।

“प्रविधियुक्त गुणस्तरीय शिक्षा सहितको सुन्दर सुकुना” भन्ने नारा सहित विद्यालयकाे स्वर्ण महोत्सव पुस ७ गते सम्म सञ्चालन भएर बर्ष भरि विविध प्रकारका कार्यक्रम गर्ने समारोह मुल आयाेजक समितिले जनाएको छ । सामुदायिक तर्फको प्रदेश १ कै उत्कृष्ट सुकुना माध्यमिक विद्यालयले शैक्षिक क्षेत्रमा ठुलो फड्को मारेको नगर प्रमुख शिवप्रसाद ढकालकाे भनाइ रहेको छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका समचार सम्याेजक हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

जङ्गल तथा खोला छेउमा फोहोर फाल्दा सुन्दरहरैंचामा समस्या निम्त्तिदै

एम्बुस भन्दा कम छैन पूर्व पश्चिम राजमार्गको विराटचाेक सडक खण्ड : सर्वसाधारणले पाए दु:ख (तस्विरहरू सहित)

ब्राइट फ्यूचरमा क्याप्टन तथा सहायक क्याप्टन छनाेटका लागि निर्वाचन सम्पन्न

सुन्दरहरैंचा नगरपालिकाको प्रमुखमा केदारप्रसाद गुरागाईं तथा उप प्रमुखमा अकली चाैधरी विजयी

विराटनगर महानगरपालिकाको मेयरमा नागेश र उपमेयरमा शिल्पा विजयी

सुन्दरहरैंचा दर्पण लोकार्पण

नेपाल पब्लिक क्याम्पस सङ्घकाे चाैथाे प्रदेश अधिवेशन सम्पन्न

सुन्दरहरैंचामा अनलाइन सेवा मार्फत राजस्व भुक्तानी शुरु

साजीलाल माविमा २ कराेड भन्दा बढीकाे कवर्डहल निर्माणका लागि शिलान्यास

प्रिस्काकाे परिवारलाई आर्थिक सहयाेग जुटदै

तपाईको प्रतिक्रिया