क्लासिकटेकले आफ्रना ग्राहाकहरूलाइ निशुल्क ६५०% ब्यान्डविथ अपग्रेड गर्याे

काठमान्डाैं / देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले निशुल्क रूपमा आफ्रनाे ग्राहकहरूलाइ ६५० प्रतिशत ब्यान्डविथ अपग्रेड गरेकाे छ । क्लासिकटेकले आफ्रनाे ग्राहकहरूलाइ निशुल्क १५० Mbps देखी ३००Mbps सम्म अपग्रेड गरेकाे हाे । प्याकेज अपग्रेड पशचात पुरानै शुल्कमा आमप्रयाेगकर्ताहरूले हाइ स्पिड इन्टरनेटकाे अनुभब लिनुहुनेछ भन्ने हाम्राे अपेक्षा रहेकाे क्लासिकटेकले जनाएकाे छ । हाइ स्पिड इन्टटरनेट प्रयाेग गर्न आम ग्रहकबर्गहरूलाइ 5ghz Dual Band राउटर आवश्यक पर्ने हुनाले उक्त डिभाइस क्लासिकटेकबाट प्राप्त गर्न सक्ने जनाएकाे छ ।

नविनतम प्रविधका साथ ग्राहकहरूलाइ छिटो तथा छरितो सेवा प्रदान गर्न क्लासिकटेक सदैव तत्पर क्लासिक टेकले नेपालमै पहिलाे पल्ट नेक्स्ट जेनेरेशनकाे प्रविधी वाइफाइ ६ र Triband राउटरकाे साथमा टाकियन (TACHYON) 1 Gbps इन्टरनेट सेवा भित्राउने घाेषणा गरेकाे थियाे । वाइफाइ ६ का साथमा टाकियन (TACHYON) 1 Gbps इन्टरनेट प्रविधी भित्राउन अन्तिम परीक्षण भइरहेकाे र वाइफाइ ६ अन्तर्गत Smart Connectivity, Beamforming, MU-MIMO लगायतका सुविधाहरू रहने क्लािकटेकले जनाएकाे छ । दुर्गम देखि सुगम सम्म ७४ जिल्लाका १०३ स्थानमा क्लासकिटेकले अाफ्नाे सेवा सञ्चालन गरिरहेकाे छ ।

तपाईको प्रतिक्रिया