नेपालमै पहिलाे पल्ट क्लासिक टेकले ल्यायाे नेक्स्ट जेनेरेशनकाे प्रविधी वाइफाइ ६

काठमान्डाैं / क्लासिक टेकले नेपालमै पहिलाे पल्ट नेक्स्ट जेनेरेशनकाे प्रविधी वाइफाइ ६ काे साथमा TACHON 1 Gbps इन्टरनेट सेवा भित्राएकाे छ । नेपालमा सन् २००९ देखी शुभारम्भ भएकाे देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेक्स्ट जेनेरेशनकाे प्रविधी वाइफाइ ६ काे साथमा TACHON 1 Gbps इन्टरनेट सेवा शुभारम्म गर्ने तयारी गरिरहेकाे जनाएकाे छ । नेपालमै पहिलाे पटक वाइफाइ ६ का साथमा TACHON 1 Gbps इन्टरनेट प्रविधी भित्राउन अन्तिम परीक्षण भइरहेकाे सबैमा अगवत गराउदछाैं । वाइफाइ ६ अन्तर्गत Smart Connectivity, Beamforming, MU-MIMO लगायतका सुविधाहरू रहने जनाएकाे छ ।

क्लासिक टेकका अनुसार साे प्रविधी अवलम्बन गरे पश्चात ग्राहकहरूले हाइ स्पिड इन्टरनेट प्रयाेग गर्न सक्षम रहने छन् । वाइफाइ ६ प्रविधी अन्तर्गत इन्टरनेटकाे स्पिड 3Gbps सम्म रहनेछ । पहिलाे चरणमा क्लासिकटेकले 1Gbps सम्मकाे ब्यान्डविथमा अन्तिम परीक्षण गरिरहेकाे सबैमा जानकारी गराउँदछाैं । यसले कुनै विशेष डिभाइसमा वाइफाइ केन्द्रित गर्ने हुनाले बिना झन्झट प्रयाेगकर्ताहरूले इन्टरनेट प्रयाेग गर्न सक्षम हुनेछन् । वाइफाइ ६ ले प्रयोगकर्ताहरूलाई मल्टिपल वायरलेस राउटरहरूबाट इन्टरनेट प्राप्त गर्न सम्भब हुने र यसले धेरै-प्रयोगकर्ता, धेरै-इनपुट, धेरै-आउटपुट प्रविधी हुनाले वाइफाइ राउटरलाई एकै साथ धेरै उपकरणहरूसँग समन्वय गर्न सम्भव रहनेछ जसका कारण कुने Signal को लागि पर्खनु पर्ने समय घटाउँछ र वाइफाइ नेटवर्कको गति तिब्र बनाउने छ ।

वाइफाइ ६ पश्चात क्लासिकटेकले नेपालमा हाल प्रयाेग भैरहेका Dual Brand का राउटरहरू विश्चापित गराइ नेपालभर Tri-Band राउटरहरू प्रयाेगमा ल्याउने जानकारी गराउदछाैं । ट्राइ-ब्यान्डमा एउटा 2.4 GHz ब्यान्ड र दुई 5 GHz ब्यान्डहरू गरी तिनवटा अलग अलग Signal ब्यान्डहरूकाे कारण इन्टरनेट प्रयाेगकर्ताहरूले थप उपकरणहरू जडान नगिकनै High Speed इन्टरनेट प्रयाेग गर्न सक्षम रहने छन् । याे प्रविधी पश्चात ग्रहकहरूलाइ बिना झन्झट, उच्च गतीकाे इन्टनेरट सेवा प्रदान गर्न क्लासिक टेक सक्षम रहने क्म्पनीले विश्वास लिएकाे छ ।

क्लासिक टेकले सधैं ग्राहकलाई सस्तो मूल्यमा गुणस्तरिय सेवा प्रदान गर्ने दिशामा काम गरिरहेको सबैलाई अगवत नै छ । ग्रहकहरूमाझ नयाँ प्रविधी भित्राएर गुणस्तरिय सेवा प्रदान गर्न हामी सदैव तत्तपर रहेकाे जानकारी गराउँदछाैं । १२ बर्षमा ७४ वटा जिल्लाका १०३ स्थानमा सेवा सञ्चालन ल्याएको क्लासकिटेकले कस्टमर सपोर्टमा बिषेश ग्राहयता दिँदै आइरहेको छ । दुर्गम क्षेत्र देखि साना साना गाँउ घरमा थप सेवा विस्तार गर्दै ग्राहकहरूलाइ छिटो तथा छरितो सेवा प्रदान गर्न हामी तत्पर रहेकाे जनाएकाे छ ।

तपाईको प्रतिक्रिया