दोलखामा पाँच दिनका नाबालकसहित एक दम्पत्ती मृत भेटिए

दोलखा / दोलखामा एकै परिवारका ३ जना मृत अवस्थामा भेटिएका छन् । पाँच दिनका नाबालकसहित एक दम्पत्ती मृत भेटिएका हुन् । मृत्यु हुनेमा २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र ५ दिनका छोरा छन् ।

बुधबार बिहान तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएकाे छ । उनीहरुको कोठामा कोइला बालेको भेटिएकाले धुँवाले निस्सासिएर घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

तपाईको प्रतिक्रिया