एमालेकाे सचिवमा भीम आचार्य र टंक कार्की पराजित

चितवन / नेकपा एमालेकाे सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पराजित भएका छन् । अरू उम्मेदवार भन्दा कम मत पाएर उनीहरू पराजित भएका हुन् । आचार्यले १३०० मत र कार्कीले ५०० मत ल्याए । उनीहरु अध्यक्ष ओलीले प्रस्तुत गरेको सुचीभन्दा बाहिर गएर उम्मेदवारी दिएका थिए ।

चितवनमा भएको महाधिवेशनको मतगणनाको अन्तिम नतिजाअनुसार सचिवका उम्मेदवार टोपबहादुर रायमाझी, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, गोकर्ण विष्ट विजयी भएका हुन् । विजयी हुने विष्टले १९७६, भट्टराईले १९६४, अर्यालले १८००, विश्वकर्माले १८००, भट्टले‍‍ १७०४, रायमाझीले १७०० र महासेठले १५१३ मत ल्याए ।

तपाईको प्रतिक्रिया